धादिङ । धादिङको सल्यान्टारमा गएराति मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवकको मृत्यु भएको छ।
बा ५० प ७१३८ सीभीआर होण्डा मोटरसाइकल रोकिराखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किँदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ रानीपौवाका २२ वर्षीय रोशन परियारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोहि ठाउँका २२ वर्षकै सन्दीप श्रेष्ठ घाइते भएका छन्।
सल्यान्टार प्रहरी चौकीका प्रमुख सई विष्णु बहादुर नेपालीले जिल्ला अस्पताल धादिङ पुर्याएको केही समयपछि घाइते रोशनलाई मृत घोषणा गरिएको जानकारी दिए ।
रोशन मोटरसाइकल पछाडि बसेका थिए । मोटरसाइकल चालक सन्दीप श्रेष्ठको अवस्था मध्यम छ । घटना मंगलबार राति साढे ९ बजे भएको हो । दुर्घटनामा परी मोटरसाइकल क्षतविक्षत भएको छ । बाइकको ठक्करले ट्याक्टर नै पल्टिएको थियो ।

तस्वीरः सुदीप श्रेष्ठ फेसबुक
दुर्घटना हुनेबित्तिकै दुवैलाई सल्यान्टार स्वास्थ्य केन्द्रमा लगिएको थियो । स्वास्थ्य चौकीको एम्बुलेन्स नचलेपछि खहरेबाट एम्बुलेन्स बोलाउनुपर्दा डेढ घण्टा ढिलो हुन पुगेको थियो । त्यसपछि, स्थानियले गाउँपालिका र स्वास्थ्य चौकी विरूद्ध नाराबाजीसहित आक्रोश व्यक्त गरेका थिए । गाउँपालिकाकै कारण एम्बुलेन्स सेवा ७ ८ महिनासम्म अवरूद्ध भएको उनीहरूको ठहर छ ।
तीब्र गति र मापसे गरी सवारी नचलाउन सूचित गरिएको छ ।
सम्बन्धित न्यूज:
सल्यान्टारमा मोटरसाइकल दुर्घटनाः दुई घाइते, एकको अवस्था अत्यन्त चिन्ताजनक
बाइकको ठक्करले ट्याक्टर नै पल्टियो
सम्बन्धित खबर
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
मोटरसाइकल र ट्याक्सी ठोकिँदा युवकको मृत्यु
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
गोसाईंकुण्ड जाने तीर्थयात्री बोकेकासहित करिब ३०० यात्रुवाहक बस बेपत्ता
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा