पोखरा । शनिबार पोखरामा सम्पन्न एक कार्यक्रमका वक्ताले पत्रकारिता क्षेत्रलाई मजबुद बनाउन पत्रकार स्वयम्ले पार्टीकारितामा कलम सुताउन नहुने धारणा राखेका छन् ।
स्वतन्त्र पत्रकार संघ कास्कीको ११ औं वार्षिक साधारण सभाका वक्ताले उक्त कुरामा जोड दिएका हुन् ।
सभाको उद्घाटन गर्दै संघका ज्येष्ठ पत्रकार उदयबहादुर अमात्यले स्वतन्त्र पत्रकारिता समुन्द्र भएकाले समुन्द्रसम्मको यात्रामा आउने उज्झनमा डगमगाउन नहुने बताए ।
संघका संस्थापक केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले आफ्नो कलम पार्टीकारितामा सुताएर पत्रकार बन्न खोज्नेहरू स्वतन्त्र पत्रकारिताको तपस्यामा नअटाउने धारणा राखे ।
संघकी केन्द्रीय पार्षद शान्ति राणाले, व्यापकता सत्य भए तापनि त्यसैमा शक्ति हुन्छ भन्नु भ्रममात्र भएकाले सबै त्यो भ्रमबाट मुक्त भएर बाँच्नुपर्नेमा जोड दिइन् । उनले कृष्णजन्माष्टमीको दृष्टान्त दिँदै थपिन्, ‘हरेक परिवार सन्तानलाई श्रीकृष्ण जस्तो पहिरनमा सजाउन लालायित हुने तर यथार्थमा पुग्ने धैर्यता नभए जस्तै वर्तमानको पत्रकारिता देखिनु विडम्बना बनेको छ ।’
संघका केन्द्रीय पार्षद् विश्वलाल श्रेष्ठले समग्र विकास र समृद्धिका लागि निष्पक्ष पत्रकारिता भनेकै स्वतन्त्र पत्रकारिता रहेको औल्याए ।
साहित्यकार मदन भण्डारीले एउटा परिवारका सदस्य पारिवारिक स्वार्थका लागि फरक–फरक पार्टी सदस्यता लिएर हिँड्दै गरेको समाजमा स्वतन्त्र पत्रकारिता उकालोको यात्रा जस्तो देखिए पनि त्यसको फल सुन्दर हुने धारणा राखे ।
संघको आर्थिक तथा साङ्गठानिक प्रगति विवरण प्रस्तुत गर्दै कास्की अध्यक्ष असफल गौतमले जस्तो विषम परिस्थिति आइलागे पनि स्वतन्त्र पत्रकारिताको मर्म मर्न नदिन कलम कहिल्यै नडगमगाउने बताए ।
सोही समारोहबीच केन्द्रीय समितिकातर्फद्वारा कास्की अध्यक्ष असफल गौतम देशभरका सयौं पत्रकार संलग्न राष्ट्रिय लेख प्रतियोगितामा प्रथम भई एकलाख राशिसहित र साधारण सदस्य रुपनारायण ढकाल उत्कृष्ट १५ मा पर्न सफल भई १० हजार राशिसहित पुरस्कृत भएकोमा सम्मानसमेत गरिएको थियो ।
सभामा संघका केन्द्रीय महिला उपाध्यक्ष तिर्सना लक्ष्मी गुरुङ, उप–महासचिव कल्याण पन्त, केन्द्रीय पार्षद लेखबहादुर थापा, तिलक थापा, संघका कास्की सह–सचिव डिल्लीराम काफ्ले, सदस्य रामबहादुर बानियाँ, सागर कार्की, गणेश बज्र लामा, रजनी तामाङ स्याङ्बोलगायतले स्वतन्त्र पत्रकारितालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारे धारणा राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो