पोखरा । यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । तिथिअनुसार आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ ।
धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको द्वारपालको रुपमा पूजा गर्ने गरिन्छ । विधान अनुसार लक्ष्मीपूजा भने औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ ।
लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।
आज बेलुका समूह बनाइ घरघरमा भैलो पनि खेलिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान मानिन्छ । लक्ष्मी पूजाको अवसरमा सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो