पोखरा । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेको छ । घिरिङ गाउँपालिका वडा नम्बर ३ अर्चलकोट का गीता श्रेष्ठको घरको छानो जीर्ण बन्दै गएपछि लायन्स क्लव युनाइटेड चौतारीले घरको छानो पुननिर्माणका लागि जस्तापाता हस्तान्तरण गरेको हो ।
सो अवसरमा वोल्दै प्रमुख अतिथी जोन चियर पर्सन लायन जयराम आचार्यले लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले सामाजिक काम अन्तर्गत तनहुको घिरिङ गाउँपालिका अर्चलबोट स्थित गीता श्रेष्ठको घरको छानो निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेकोमा धन्यवाद ब्यक्त गरे । लायन्स क्लवहरुले गर्ने सानो सहयोगले कोही कसैलाई टेवा पुग्ने वताउदै आचार्यले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै घरधनी गीता श्रेष्ठले लायन्यस क्लब अफ पोखरा युनाइटेड चौतारीको सहयोगले आफ्नो घरको छानो निर्माण गरिदिएकोमा धन्यवाद ब्यक्त गरे । ढुंगाको छानो रहेको आफ्नो घरको छानो जीर्ण अवस्थामा रहेकोमा लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीको सहयोगमा जस्तापाता हस्तान्तरण गरेर आफुलाई ठूलो गुण लगाएको श्रेष्ठको भनाइ रहेको थियो । सो अवसरमा वोल्दै लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष लायन एक नारायण गौतमले युनाइटेड चौतारीले सामाजिक कार्य अन्तर्गत यसपटक जस्तापाता हस्तान्तरण गरिएको वताए । आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।
क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक जीएसटी कोअडिनेटर लायन राजु श्रेष्ठको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।सो कार्यक्रममा डिष्ट्रिक को चिफ लायन सुक बहादुर गुरुङ, घिरिङ गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका जुनमाया थापा, क्लबका प्रथम उपाध्यक्ष लायन शुसिल बहादुर थापा, सचिव लायन इश्वर शर्मा, सह कोषाध्यक्ष लायन सूर्य उप्रेती, लायन गणेश बहादुर खड्का, सर्भिस चियरपर्सन लायन सिद्धिकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु