नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको उनले बताए ।
आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उनको भनाइ थियो । “सरकारले पनि अब आर्थिक उपार्जनका बाटाहरू खोज्दै समृद्ध नेपाल र खुसी नेपालीको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्छ”, उनले भने ।
गाउँ र विश्वविद्यालय खाली भएको अवस्थामा विदेशी लगानी भित्र्याएर युवाहरूलाई नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने भनाइ उनकाे थियो । नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवाले निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अगाडि बढ्न जरुरी भएको बताए । निजी क्षेत्रले ५५ लाख नेपालीलाई रोजगारी दिएको दाबी पनि उनकाे थियो ।
महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले प्रशिक्षण दिए । सभामा गण्डकी प्रदेशका ११ जिल्लाका उद्यगी व्यवसायीको सहभागिता थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’