नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले देशको अर्थतन्त्र बलियो बनाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घ गण्डकीको प्रथम प्रदेशसभालाई आज पोखरामा सम्बोधन गर्दै उनले पछिल्लो समय नेपालको अर्थतन्त्रमा मन्दी देखिएकाले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई सुधार गर्न जरुरी भएको उनले बताए ।
आर्थिक मन्दीकै कारण धरासायी बनेको उद्योग व्यवसायका समस्या समाधान गर्न जरुरी भएको उनको भनाइ थियो । “सरकारले पनि अब आर्थिक उपार्जनका बाटाहरू खोज्दै समृद्ध नेपाल र खुसी नेपालीको आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्छ”, उनले भने ।
गाउँ र विश्वविद्यालय खाली भएको अवस्थामा विदेशी लगानी भित्र्याएर युवाहरूलाई नेपालमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने भनाइ उनकाे थियो । नेपाल उद्योग तथा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष एलपी साँवाले निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अगाडि बढ्न जरुरी भएको बताए । निजी क्षेत्रले ५५ लाख नेपालीलाई रोजगारी दिएको दाबी पनि उनकाे थियो ।
महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले प्रशिक्षण दिए । सभामा गण्डकी प्रदेशका ११ जिल्लाका उद्यगी व्यवसायीको सहभागिता थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु