गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाली जनताको जनमतको अपमान गरेको आरोप लगाएका छन् ।
गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै शुक्रबार पाण्डेले प्रधानमन्त्रीले झुटा वाचा गरेको पनि बताए । ‘चुनावका बेला मैले उहाँको लागि भोट मागेँ, उहाँले मेरो लागि भोट माग्नुभयो,’ उनले भने, ‘उहाँलाई एक पटक सोध्नुपरेको छ, गोरखा क्षेत्र नम्बर २ मा जाँदा त्यहाँका जनतालाई भन्नुहुन्छ के ? चुनावको बेला ५ वर्ष सँगै हिँड्छु, सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउँछु, म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा बोल्नुभयो, त्यो कुरा अब यो क्षेत्रमा आएर के भन्नुहुन्छ ?’
उनले ५ वर्ष निरन्तरताका लागि प्रधानमन्त्री दाहालले प्रयत्न नगरेको बताए । ‘गोरखाली जनताको जनमतको अपमानचाहिँ तपाईं (प्रधानमन्त्री दाहाल)ले गर्नुभयो, जुन वाचा गर्नुभयो त्यो झुटा भयो,’ उनले भने, ‘हामीलाई आपत्ति पनि छैन, राजनीति पनि कसैले कसैको लागि, कुनै पार्टीको लागि गरिदिने पनि होइन, एक दिन न एक दिन आ–आफ्नो ठाउँमा हिँड्नुपर्थ्यो, मैले यत्ति सम्झाउन खोजेको कि देशको प्रमुख मान्छे जसले मुलुकको नेतृत्व गर्छ त्यो मान्छे नै अस्थिरताको कारक हुन थाल्यो भने मुलककहाँ जान्छ ।’ बाचुन्जेल उथलपुथल भइराख्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको भविष्य के हुन्छ भन्ने अवस्था सिर्जना भएको पाण्डेको भनाइ छ ।
त्यस्तै, मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा राजनीतिक सुझबुझ मिलाउन नसके मध्यावधि पनि हुन सक्ने बताए । ‘मैले कसैलाई धम्क्याउन भनेको पनि होइन, गर्छु भनेको पनि होइन,’ उनले भने, ‘अहिलेको बनोट जे छ, संसद्बाट सरकार बन्ने भनेको गणितले हो, अहिले संघमा जुन गठबन्धन बनेको छ यही अघि बढ्यो भने कुनै पनि पार्टीको सरकार बन्न सक्दैन, बहुमत पुग्नै सक्दैन ।’
मध्यावधिमा आफूले लैजान नचाहेको र रोक्ने प्रयत्न गर्ने पनि पाण्डेले बताए । ‘राजनीतिक दललाई भनेको छु निकास खोजौं, प्रयत्न गरौं,’ पाण्डेले भने, ‘उत्तेजना र आवेशमा आएर, एउटाले अर्कालाई लात्ताले हानेर हिँडिदिएँ भनेको भरमा समस्या समाधान हुन सक्दैन, राजनीतिक संकट, सवैधानिक संकट टार्न राजनीतिक दलबीच सहकार्य जरुरत छ ।’
सम्बन्धित खबर
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु