नेकपा एकीकृत समाजवादीले आफ्नो १० औँ महाधिवेशनका लागि देशै भरिबाट प्रतिनिधि छनौट गरेको छ ।
यही असार १६ गते देखि २० गते सम्म काठमाण्डौमा हुने महाधिवेशनका लागि मुलुकभरी बाट एक हजार आठ सय बढी प्रतिनिधि सहभागी छनौट भएका हुन् ।
यसैबीच, गण्डकी प्रदेशका ११ जिल्लाबाट पनि प्रतिनिधिहरू छानिएका छन् । गण्डकी प्रदेशका ११ जिल्लाबाट ७५ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको पार्टीका गण्डकी अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए ।
कास्कीमा ३ वटा सङ्घीय निर्वाचन क्षेत्रबाट २० जना र मजदुर फाँटबाट १ जना गरी २१ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् ।
कास्कीको निर्वाचन क्षेत्र नं. १ बाट खुल्ला ६ जना, महिला २ जना उत्पीडित क्षेत्रबाट १ गरी ९ जना छनौट भएका छन् । यस्तै, क्षेत्र नं २ बाट खुल्ला ४, महिला २ र उत्पीडित १ गरी ७ जना र क्षेत्र नं. ३ बाट खुल्ला ३ जना र महिला १ गरी ४ जना तथा मजदुर इलाकाबाट १ जना गरी २१ जना प्रतिनिधि चयन हुने व्यवस्था छ ।
जसअनुसार कास्की क्षेत्र नं १ बाट खुल्लामा पूर्ण लामा, डिवी राई, राजन शर्मा पराजुली, कपिल पौडेल, मधुसूदन देवकोटा र नारायण बजगाईँ महिलामा के पौडेल, दिलमाया गुरुङ र दलित तर्फ जित बहादुर सुनार प्रतिनिधि चयन भएका छन् ।
क्षेत्र नंं. २ बाट खुल्ला तर्फबाट खड्ग हमाल, मुक्ति पौडेल, झपिन्द्रराज रेग्मी र नवराज सुवेदी, महिला तर्फ शर्मिला पौडेल, दान कुमारी बराल र दलित तर्फ टङ्क विश्वकर्मा प्रतिनिधिमा चयन भएका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं ३ वाट खुल्लामा प्रेम प्रसाद पौडेल, नवराज पहारी, ई. दीपेन्द्र बास्तोला र महिलामा गरिमा पोखरेल चयन भएका छन् । मजदुर इलाकाबाट हरिराम धिताल छनौट भएका छन् ।
सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यमा नेकपा एकीकृत समाजवादी गण्डकीका इन्चार्ज तुल बहादुर गुरुङ, पोलिटब्युरो सदस्य एवं गण्डकीका अध्यक्ष श्रीनाथ बराल, केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र अर्का केन्द्रीय सदस्य कृष्ण नेपाली लगायतले आवश्यक सहजीकरण गरेका छन् ।
केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरू स्वतः प्रतिनिधि हुने भएकाले कास्कीबाट स्थायी कमिटी सदस्यहरू तुल बहादुर गुरुङ र शारदा प्रसाद सुवेदी, पोलिटब्युरो सदस्य श्रीनाथ बराल, केन्दिय सदस्यहरू धनराज आचार्य, कृष्ण नेपाली, रत्ना गुरुङ र गज कुमारी गुरुङ तथा केन्द्रीय निकायका विजयबाबु बनवासी र मदन काजी श्रेष्ठ समेत ९ जना गरी कास्कीबाट ३० जनाको महाधिवेशनमा प्रतिनिधित्व हुने भएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन