पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालमा बहिरंग, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, बालरोग सेवा, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी सेवा, युएसजी र इसिजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याइएको हो ।
दन्त विभागमा मोटरजडित सक्सन, माइक्रो मोटर, एअर मोटर, अल्ट्रासोनिक इस्क्यालर, सेन्सर प्यानलसहितका ८ वटा स्तरीय डेन्टल चेयर रहेको र डेन्टल चेयरमा नन्–टच सेन्सर लाइटजडित रहेको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताए । उनका अनुसार दन्त विभागलाई डेन्टल कम्प्रेसर, सिइपिएचसहितको ओपिजी मेसिन, आरभिजी सेन्सरको साथ डेन्टल एक्सरे मेसिन, क्लास बी अटोक्लेभ मेसिन, इनबिल्ट एपेक्स लोकेटरको साथ इन्डोमोटर, वाटर डिस्टिलर मेसिन, स्केलिङ मेसिन, अल्ट्रासोनिक क्लिनर, यूभि चेम्बर आदिले पूर्ण बनाइएको छ ।
दन्त विभागलाई दक्ष तथा अनुभवी १ जना बिडिएस डेन्टल सर्जन र १ जना पिसिएल डेन्टल हाइजिनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सहप्राडा दीपेन्द्रकुमार यादवले बताए । शिक्षण अस्पताल सरकारी भएकोले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पतालसरह भएको उनको भनाइ थियो ।
दन्त चिकित्सक डा. मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडी सेवा बिदाको दिन बाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवा उपलब्ध रहेको जानकारी दिए । उनले अत्याधुनिक प्रविधिमा दाँतको डिजिटल एक्सरेसँगै पोखरामा कमै ठाउँमा रहेको मुखैभरिको टाउँको भरिको एक्सरे एउटै फिल्ममा देखाउन सकिने ओपीजी प्रविधिसमेत रहेको बताए । डा.मानुषीले वरिपरिको सरकारी अस्पताल गण्डकी अस्पताल, धरान लगायत सबै शिक्षण अस्पतालहरूको उपचार खर्चको आधारमा न्यूनतम सस्तो दररेटमा उपचार खर्च तय गरिएको उल्लेख गर्दै वरिपरिको जनसमुदायलाई यहाँ आएर उपचार गर्दा निकै फाइदा हुने देखेको उनको भनाइ थियो ।
शिक्षण अस्पतालका बायोमेडिकल इ. सुसन्जित विजय कोइरालाले दाँतको उपचारका लागि ९० प्रतिशत उपकरणहरू सेटअप गरिसकिएको जानकारी दिए । हातको सेन्सरबाट चल्ने र मोटोराइज्ड सक्सन भएका तथा दाँत काट्ने, दाँत सफा गर्ने औजारसहितका सुविधायुक्त आरामदायी डेन्टल चेयर रहेको उनको भनाइ थियो । उनले सिइपिएचसहितको ओपिजी मेसिनबाट दाँत तथा गर्दनको एक्सरे लिन सकिने प्रविधिबाट धेरै लाभान्वित हुनसक्ने बताए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)