पोखरा । हाइकर्स क्लब नेपालको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. २३ को सहकार्यमा पर्यटन विकासमा हाइकिङको योगदानको चर्चा परिचर्चा कार्यक्रम तथा हाइकिङ भाग ५० पोखरा २३ बाम्दी देखि तारेभिर हुँदै घाँटीछिनासम्म पदयात्रा गरी सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्यटन र स्वास्थ्यको लागि हाइकिङ भन्ने मूलनाराका साथ हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रमले आन्तरिक पर्यटनमा ठुलो योगदान गरेको वताउँदै पोखरा २३ वडामा हाइकिङ समुह आउँदा यहाँका वासिन्दामा हौसला वढ्ने, उत्पादित कृषि तथा पशुको खपत बढ्ने वताएका थिए ।
उनले पोखरा २३ वडा सबैभन्दा ठुलो भौगोलिक क्षेत्र भएको, स्याङजा र पर्वत जिल्लाको सिमानासंग सिमाना गाँसिएको र पंचासे संरक्षित क्षेत्रमा पर्ने भएकोले पयर्टकको रोजाइमा पर्दै गएको पनि वताए ।सो अवसरमा पोखरा पर्यटन परिषद्का उपाध्यक्ष एव् भिटोफ गण्डकीका संस्थापक अध्यक्ष पर्यटन व्यवसायी तारानाथ पहारीले फाट्टफुट्ट आकलझुकल हाइकिङ हुने गरको भएता निरन्तरको हाइकिङले अभियानको रुप लिएको वताए ।
सो अवसरमा ओम भण्डारी, सितला थापा, ममता पराजुली, दिलकुमारी खाँण लगाएतले हाइकिङमा सहभागि हुँदा एकआपसमा परिचीत हुनुका साथै ग्रामिण वस्ती, खेतीपाती, जडिबुटीको अध्ययन गर्न सकिने वताए । हाइकर्स क्लबका अध्यक्ष कृष्ण रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ज्योति हमालले र संचालन सचिव मधु अधिकारीले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन