पोखरा । नेकपा (एमाले)निकट निर्माण–उद्योग व्यवसायीको छाता संगठन नेपाल निर्माण उद्योग परिषद् कास्की अध्यक्षमा सुवर्ण श्रेष्ठ निर्वाचित भएका छन् । संगठनको शनिबार पोखरामा भएको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा उत्तम सिग्देल, सहसचिवमा प्रकाश बराल, कोषाध्यक्षमा रोशन केसी, सदस्यहरूमा क्रमशः ई. अनुषा पहारी, स्वीकार पोखरेल, वीरेन्द्रकुमार श्रेष्ठ, ई. श्रवण लम्साल, सुदीप बुढामगर, सरोज भुजेल र आकाश बराल सर्वसम्मत चयन भए ।
कार्यक्रममा अग्रज निर्माण व्यवसायी ९३ वर्षीय शिवबहादुर कार्कीलाई सम्मान गरिएको थियो । साथै निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी संघ कास्कीको १६ औं अधिवेशनबाट सहकोषाध्यक्षमा विजयी किरण गौतम र सदस्यमा विजयी स्वीकार पोखरेल, ई. मिलन सुवेदी, नेत्रबहादुर रानामगरलाई पनि बधाईसहित सम्मान–पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीको सदस्यमा विजयी स्वीकार पोखरेललाई सम्मान पत्र प्रदान गर्दै नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेल
कार्यक्रममा गण्डकी प्रदेशबाट नेपाल इन्जिनियरिङ एसोसिएसनको केन्द्रीय सदस्यका उम्मेदवार ई. आरसी पोखरेल, गण्डकी प्रदेश अध्यक्षका उम्मेदवार ई. महेन्द्र गोदार, नेपाल निर्माण उद्योग परिषद् गण्डकी अध्यक्ष आनन्द बराल, केन्द्रीय सल्लाहकार ओमप्रसाद गौचनलगायतले बोलेका थिए । संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष कृष्णप्रसाद पोखरेलले गरेका थिए ।
जिल्ला इन्चार्ज सूर्यनारायण बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उपसचिव किरण गौतमले गरेकी थिइन् ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो