पोखरा । नेकपा (एमाले)निकट निर्माण–उद्योग व्यवसायीको छाता संगठन नेपाल निर्माण उद्योग परिषद् कास्की अध्यक्षमा सुवर्ण श्रेष्ठ निर्वाचित भएका छन् । संगठनको शनिबार पोखरामा भएको चौंथो साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिवमा उत्तम सिग्देल, सहसचिवमा प्रकाश बराल, कोषाध्यक्षमा रोशन केसी, सदस्यहरूमा क्रमशः ई. अनुषा पहारी, स्वीकार पोखरेल, वीरेन्द्रकुमार श्रेष्ठ, ई. श्रवण लम्साल, सुदीप बुढामगर, सरोज भुजेल र आकाश बराल सर्वसम्मत चयन भए ।
कार्यक्रममा अग्रज निर्माण व्यवसायी ९३ वर्षीय शिवबहादुर कार्कीलाई सम्मान गरिएको थियो । साथै निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी संघ कास्कीको १६ औं अधिवेशनबाट सहकोषाध्यक्षमा विजयी किरण गौतम र सदस्यमा विजयी स्वीकार पोखरेल, ई. मिलन सुवेदी, नेत्रबहादुर रानामगरलाई पनि बधाईसहित सम्मान–पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

नेपाल निर्माण व्यवसायी संघ कास्कीको सदस्यमा विजयी स्वीकार पोखरेललाई सम्मान पत्र प्रदान गर्दै नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेल
कार्यक्रममा गण्डकी प्रदेशबाट नेपाल इन्जिनियरिङ एसोसिएसनको केन्द्रीय सदस्यका उम्मेदवार ई. आरसी पोखरेल, गण्डकी प्रदेश अध्यक्षका उम्मेदवार ई. महेन्द्र गोदार, नेपाल निर्माण उद्योग परिषद् गण्डकी अध्यक्ष आनन्द बराल, केन्द्रीय सल्लाहकार ओमप्रसाद गौचनलगायतले बोलेका थिए । संगठनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता अध्यक्ष कृष्णप्रसाद पोखरेलले गरेका थिए ।
जिल्ला इन्चार्ज सूर्यनारायण बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन उपसचिव किरण गौतमले गरेकी थिइन् ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो