मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत घुमाउनेमा बस दुर्घटना हुँदा १७ जना घाइते संख्या १७ रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ख १३३२ नम्बरको बस आज बिहान सवा ७ बजे भरतपुर महानगरपालिका-२९ घुमाउनेमा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा १३ जना पुरुष र ४ जना महिला रहेका छन् । उनीहरू मध्ये ५ जना मध्यम र १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरू सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
घाइतेहरूको नामावली
१.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष ४० की तारा भट्ट सामान्य ।
२.जि.कैलाली चिसापानी न.पा.३ बस्ने वर्ष २३ की हरिकला थापा सामान्य ।
३.जि.कैलाली चिसापानी न.पा.३ बस्ने वर्ष १९ को कैलाश वि.क.सामान्य ।
४.जि.कैलाली चिसापानी न.पा.३.बस्ने बस्ने वर्ष २७ की कृष्णा वि.क.सामान्य ।
५.जि.कैलाली चिसापानी न.पा.३.बस्ने वर्ष ३५ की जयन्ती बि.क.मध्यम ।
६.जि.कन्चनपुर भीमदत्त न.पा.८ बस्ने वर्ष ३७ को दिल बहादुर सुनार सामान्य ।
७.जि.कन्चनपुरको कन्चनपुर न.पा.३ बस्ने वर्ष २३ को समिदेवल राना मध्यम ।
८.जि.कैलाली गोदावरी न.पा.१२ बस्ने वर्ष ३७ को शेर बहादुर विष्ट सामान्य ।
९.जि.बझाङ वित्थडचिर गा.पा ४ बस्ने वर्ष २२ को बसन्त बोहोरा मध्यम ।
१०.जि.कन्चनपुर भीमदत्त न.पा.१७ बस्ने वर्ष ३४ को धरम खड्का सामान्य ।
११.जि.कन्चनपुर भीमदत्त न.पा.१० बस्ने वर्ष २० को दिपेश भट्ट सामान्य ।
१२.जि.दार्चुला महाकाली न.पा.६ बस्ने वर्ष २३को लक्ष्मण बम मध्यम ।
१३.जि.कन्चनपुर भीमदत्त न.पा.९ बस्ने वर्ष २५ को भिमसेन सार्की सामान्य ।
१४.जि.बैतडी दशरथचन्द न.पा.२ बस्ने वर्ष ३७ को जनक बिजाली सामान्य ।
१५.जि.कन्चनपुर भीमदत्त न.पा.४ बस्ने वर्ष २३ को विनोद सार्की सामान्य ।
१६.जि.डडेलधुरा गन्यापधुरा गा.पा.३ बस्ने वर्ष ३३ को देवबहादुर भुल सामान्य ।
१७.जि.चितवन भरतपुर म.न.पा.५ बस्ने वर्ष २५ को विपिन न्यौपाने मध्यम ।
सम्बन्धित खबर
अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’