कवि डा. चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह आज पोखरामा लोकार्पण गरिएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त र कवि तीर्थ श्रेष्ठले एक समारोहबीच कृतिको लोकार्पण गरेका हुन् ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले चैतन्यलाई ५० कै दशकदेखि कविका रूपमा सुनेको स्मरण गरेका थिए । उनी समकालीन पोखरेली कविताका एक उदीयमान र प्रतिभावान् कवि भएको बताए ।
कवि अधिकारीमा गहन काव्यचेत, कोमल शब्दावली, हृदयस्पर्शी बिम्बमा सहज गाम्भीर्यतासहित अभिव्यक्त गर्ने क्षमता भएको उनले उल्लेख गरे ।

यसैगरी कवि श्रेष्ठले कविताको कुनै आकार नहुने र अधिकारीका कवितामा पनि आकारको बन्देज नभएको धारणा राखे । साना मसिना कथ्यलाई पनि टपक्क टिपेर कविताको बान्कीमा प्रस्तुत गर्न सक्ने कविका रूपमा उनले अधिकारीलाई चित्रण गरे ।
कृति समीक्षा गर्दै कवि, समालोचक सञ्जीव पौडेलले अधिकारीलाई समसामयिक विषय चेतमा कलम चलाउन र आफू छद्म रहेर समाजमा विद्रोह गर्न कविता नै पढ्न उक्साउने स्रष्टाका रूपमा पाएको टिप्पणी गरे ।
कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संस्थाका पूर्वअध्यक्ष कवि एवम् उपन्यासकार सरस्वती प्रतीक्षा, शेखर पराजुली, कौशल चन्द्र जीसी, रीता अधिकारी ऋतु, शिव त्रिपाठीलगायतले अधिकारीको व्यक्तित्व एवम् कृति सम्बन्धमा धारणा राखेका थिए ।
अधिकारीले एक दशकपछि दोस्रो कृति बजारमा ल्याएका हुन् । यसअघि उनको ‘झरीको किनार’ कविता सङ्ग्रह प्रकाशित भएको थियो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प