पोखरा । इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एसोसिएसन (एनइए)को चुनावमा प्रगतिशील र लोकतान्त्रिक प्यानलै बनाएर प्रतिस्पर्धामा होमिएका छन् ।
भदौ २८ गते हुने केन्द्र र प्रदेशको चुनावी अभियान चलिरहँदा गण्डकी प्रदेशमा प्रगतिशील इन्जिनियरहरुको प्यानल उत्साहित छ ।
महेन्द्रबहादुर गोदारको सभापतित्वमा चुनावमा होमिएको संयुक्त प्रगतिशील समूहले चुनावी प्रचारका क्रममा इन्जिनियरहरुको प्रतिक्रियाले जित्ने दाबी गरेको छ ।
‘विचारभन्दा माथि, सबै इन्जिनियर साथी’ भन्ने नारालाई आत्मसात गर्दै निर्वाचनमा होमिएको संयुक्त प्रगतिशील समूहलाई इन्जिनियरहरुले सकारात्मक प्रतिक्रिया दिएको उनीहरूले बताएका छन् ।
प्रगतिशील समूहबाट गण्डकीमा गोदारको सभापतित्वमा कृष्ण रिजाल उपाध्यक्ष, आनन्द भट्टराई सचिव, अस्मिता खनाल सहसचिव र सोभित श्रेष्ठ कोषाध्यक्षको उम्मेदवार छन् । संयुक्त प्रगतिशील समूहबाट केन्द्रीय सदस्यमा रामचन्द्र पोखरेल (आरसी) केन्द्रीय सदस्य र प्रदेशका अन्य सदस्यका उम्मेदवारहरुलाई जिताउन समूहले अपिल गरेको छ ।
गण्डकीमा १ हजार ५५१ मतदाता इन्जिनियर छन् । चुनावी प्रचार तथा अभियानका क्रममा अधिकांश इन्जिनियरहरुले पेशागत हित र संस्थागत विकासका लागि सक्षम र जुझारु नेतृत्व प्रगतिशील समूहमा रहेको प्रतिक्रिया दिएका छन् ।
लामो समयदेखि इन्जिनियरिङ पेशामै लागेका, यो क्षेत्रलाई नजिकबाट बुझेका, समस्याको पहिचान गरेका सभापतिका उम्मेदवारदेखि नयाँ पुस्ताको आवश्यकता बुझेका, सिर्जनशील हुटहुटी बोकेका पदाधिकारी र सदस्यका उम्मेदवार प्रगतिशील समूहमा रहेको चुनावी अभियानका क्रममा प्रतिक्रिया दिइरहेका छन् ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन