गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुलुकको पर्यटनको विकासमा फोटोग्राफरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
पोखरा फोटोग्राफर संघले शनिबार पोखरामा आयोजना गरेको चौथो फोटोग्राफी अवार्ड वितरण समारोहमा प्रमुख अतिथि रहेका उनले विश्वमाझ यहाँका सम्पदाहरुको प्रचारप्रसार तथा प्रवर्द्धनमा फोटोग्राफी तथा भिडियोग्राफीको महत्वपूर्ण भूमिका रहेको बताए ।
‘देशका कुना काप्चामा लुकेर रहेका धार्मिक, प्राकृतिक तथा पर्यटकीय क्षेत्र तथा समुदायको फोटोग्राफीको माध्यमबाट पहिचान, प्रचारप्रसार गर्ने हेतुले विभिन्न समयमा फोटोग्राफी भ्रमण, पदयात्रा, फोटोग्राफी प्रतियोगिता तथा फोटो प्रदर्शनी जस्ता कार्यक्रमहरूले सामाजिक रुपान्तरण तथा पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आइरहेको बुुझेको छु । जुन प्रशंसनीय कार्य हो ।’ उनले भने ।

भट्टले उत्कृष्ट चयन गर्दै अवार्ड प्रदान गरी व्यवसायिक रुपमा अघि बढेको थाहा पाउँदा खुशी लागेको बताए । यस्ता गतिविधिले अग्रजलाई सम्मान र सन्तुष्टि हुन्छ भने नयाँ पुस्तालाई प्रोत्साहन र हौसला प्रदान गर्ने उनको भनाई थियो ।
‘फोटोग्राफी केवल व्यवसायका रुपमा मात्र नभईकन समाजको यथार्थ चित्रण गर्ने माध्यमको रुपमा लिनुपर्ने हुन्छ ।’ प्रदेश प्रमुख भट्टले भने ।
कार्यक्रममा उत्कृष्टलाई सम्मान पनि गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन