पोखरा । विभिन्न विश्वविद्यालय र कलेजले लिएको व्यवस्थापन संकाय अन्तर्गत स्नातकतहको प्रवेश परीक्षामा उत्कृष्टता हाँसिल गरेका प्रतिभा माविका विद्यार्थीलाई सोमबार विद्यालयले सम्मान गरेको छ ।
पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका प्रतिभाका ९३ जना विद्यार्थी सोमबार सम्मानित भएका थिए । सम्मानित विद्यार्थीले प्रतिभा माविबाट १२ कक्षा उत्तिर्ण गरेका थिए ।
व्यवस्थापन संकाय अन्तर्गत बिआइटी, बिएससी सिएसआईटी, सिए, बिबिए, बिएचएम, बिसिएस, बिआईएममा ती विद्यार्थीले पूर्ण छात्रवृत्ति सहित प्रवेश परीक्षा उत्तिर्ण गरेका थिए । विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेल, विद्यालयका प्राचार्य किरण सापकोटा सहितले विद्यार्थी र उनीहरुका अभिभावकलाई विद्यालयमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन ।
उक्त अवसरमा प्राचार्य सापकोटाले अहिलेको सफलताले विद्यालयलाई हौसला मिलेको बताए । उनले प्रतिभाले हरेक वर्ष इतिहास रच्दै आएको पनि बताए । ‘इतिहास कायम गर्ने मात्र नभई निरन्तरता दिन ठुलो कुरा हो । यो वर्ष प्रतिभाले हरेक क्षेत्रमा इतिहास रच्दै आएको छ । यो सबैको प्रयासले सफल भएको हो,’ उनले भने, ‘यो सफलताले प्रतिभालाई आगामि दिनमा थप हौसला मिलेको छ ।’

सफल भएका विद्यार्थी भविश्यको व्यवस्थापन क्षेत्रमा अब्बल जनशक्तिको रुपमा तयार भएर आउने उनले बताए । ‘अहिले सफल विद्यार्थी भविश्यका अब्बल जनशक्ति हुन् । हरेक घरदेखि व्यावसायसम्म व्यवस्थापनको जनशक्ति आवश्यक हुन्छ,’ उनले भने, ‘विद्यार्थीको यो सफलताले प्रतिभा परिवार हौसिएको छ ।’ प्रतिभाले अघिल्लो साता विज्ञान विषय अन्तर्गत विभिन्न विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तिर्ण विद्यार्थीलाई यसैगरि सम्मान गरेको थियो ।
कार्यक्रममा छात्रा दिपिकाकुमारी शर्माले प्रतिभाले देखाएको मार्गले आफुलाई सफल बनाउन सकेको बताईन । हरेक क्षेत्रमा मेहनत गर्ने हो भने सफलता हात पर्ने उनले बताईन । अर्का छात्र निमेष तिवारीले विद्यार्थीको उपलब्धिमा विद्यालयको ठूलो हात रहेको बताए । उनले प्रतिभासँगको नाता कहिल्यै नसकिने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले प्रतिभाले हरेक क्षेत्रमा उपलब्धिको ग्राफ कोरिरहेको बताए ।

अहिलेको सफलतामा सबैको योगदान रहेको उनले बताए । ‘सफलता इतिहास मात्र नबनोस, इतिहास निरन्तर कोर्न सक्नुपर्छ । यो सफलताबाट अरुले पनि सिक्नुपर्छ,’ अध्यक्ष पौडेलले भने, ‘सफलता पुरा गर्न मेहनत चाहिन्छ ।’
पछिल्लो समय १२ कक्षा उत्तिर्ण गरेपछि विद्यार्थीहरु थप अध्ययनका लागि विदेश जाने भएपनि प्रतिभाका विद्यार्थीले स्वदेशमै अध्ययन गर्न थाल्नु सबैका लागि सुखद् रहेको उनले बताए । ‘भविश्यका म्यानेजर हामीले प्रतिभाका उत्तिर्ण यी प्रतिभामा देखेका छौ,’ उनले भने ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा