पोखरा । महिला उद्यमी संघ नेपाल, कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।
संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो । संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ ।
त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ व्यूटी ईन्ष्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका सीता गुरुङ, ऋतु सौगातकी सञ्चालिका सुन्तिा पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी सञ्चालिका गीता नाथ योगीलाई सम्मान गरेको छ ।
त्यस्तै, संघले अतिथि झोला तथा गार्मेन्ट उद्योगकी सञ्चालिका पार्वती थापा बस्नेत, न्यू मिलिनियम एकेडेमीकी सञ्चालिका कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा श्रृंगारकी सञ्चालिका पुष्पा मरासिनीलाईपनि सम्मान गरेको संघकी अध्यक्ष सरु बरालले जानकारी दिईन् ।
साधारण सभामा नयाँ सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । सो अवसरमा व्यूटीपार्लर सम्बन्धी ३ महिने तालिममा सहभागी तथा लेवलिङ र प्याकेजिङ तालिममा सहभागीहरुलाईपनि प्रमाणपत्र वितरण गरिएको अध्यक्ष बरालले जानकारी दिईन् ।
साधारण सभामा महिला उद्यमी संघको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल महिला उद्यमी संघ तनहुँलाई सम्मान गरिएको थियो । महिला उद्यमी संघ नेपालको साधारण सभामा तनहुँ शाखा सर्वोत्कृष्ट हुँदा कास्की शाखा भने दोश्रो हुन सफल भएको थियो ।
संघ कास्कीकी अध्यक्ष शारदा बराल (सरु)को अध्यक्षता तथा महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, महिला उद्यमी संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, पर्यटन व्यवसायी महिला संघकी अध्यक्ष कमला गिरीलगायतले बोलेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन