पोखरा । पर्यटनको राजधानी पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बदीप्रसाद पाण्डेको अध्यक्षतामा प्रदेशका पर्यटनमन्त्री सम्मिलित विषयगत समितिको बैठकले उक्त निर्णय गरिेको हो ।
बैठकका निर्णय सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त समितिले अध्ययन प्रतिवेदन तयारीगरी आगामी पर्यटन विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिवको नेतृत्वमा हुने उक्त समितिमा पर्यटन विभागका महानिर्देशक, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, टानका प्रतिनिधि, सातवटै प्रदेशका पर्यटन सचिव, गाउँपालिका र नगरपालिका महासङ्घका प्रतिनिधि रहने उनले जानकारी दिए ।
विषयगत समितिको बैठक प्रत्येक तीन-तीन महिनामा फरक-फरक प्रदेशमा बस्ने निर्णय गरिएको बताउँदै उनले आगामी बैठक लुम्बिनीको ठाकुरद्वारामा गर्ने तय भएको जानकारी दिए ।
हवाई यातायातबाट आउने पर्यटकलेभन्दा स्थलमार्गबाट आउने पर्यटकले सुरक्षाजाँचलगायत विभिन्न समस्या झेल्नुपरेको अवस्था, भारतीय पर्यटकले रु २५ हजारभन्दा बढी ल्याउन नपाउनेजस्ता जटिलतालगायत विषय बैठकमा उठेको उनले बताए ।
ती समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयसँग पहल गर्नुका साथै देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको अध्यक्षतामा हुने समन्वय परिषद्को बैठकमा व्यवस्थित रुपमा प्रस्तुत गरिने उनले जानकारी गराए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको उनले जानकारी गराए ।
बैठकमा सातवटै प्रदेशलाई अघि सारेर नेपाल एयरलाइन्सबाट कम्तीमा ट्वीनेटर विमान खरिदगरी त्यसलाई प्रदेशभित्र सञ्चालन गरेमा हवाई यातायात सेवा सहज गर्न सकिन्छ की भन्ने सम्बन्धमा प्रारम्भिक छलफल भएको उनले बताए ।
सङ्घ, प्रदेश, स्थानीय तहका साथै आम जनसमुदायबाट शेयर लगानी गरी पारदर्शी ढङ्गबाट विमान खरिदगरी सञ्चालन गर्न सकिएमा नेपाल जस्तो भौगोलिक अवस्थिति भएको देशमा आवागमन सहज बनाउन सकिने सम्बन्धमा छलफल गरिएको उनले जानकारी गराए ।
पोखरा पर्यटन राजधानी घोषणा भएका सन्दर्भमा विद्यमान नीतिगत जटिलता, पूर्वतयारी, कानुनी प्रबन्धलगायत विषयमा अग्रसरता लिने सम्बन्धमा उनले प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ