पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८, ल्वाङमा १९ फिट अग्लो बुद्ध मूर्ति र बुद्ध पार्क स्थापना गरिएको छ ।
पोखरा १, सिम्पानी निवासी बलबहादुर र देवसुवा गुरुङ दम्पतीले आफन्तको स्मृतिमा उक्त मूर्ति स्थापना गरेका हुन् । ल्वाङ गाउँबाट चियाबगान जाने उकालोमा उक्त मूर्ती स्थापना गरिएको स्थानीय भरत गुरुङले जानकारी दिए ।
बाजे धर्मराज गुरुङ, बज्यै माया गुरुङ, बुवा दिलबहादुर र आमा तुलसी गुरुङको स्मृतिमा उक्त मूर्ति स्थापना गरिएको हो । गुरुङ दम्पतीले निर्माणमा ३० लाख २४ हजार सहयोग गरेका हुन् ।
शुक्रबार उक्त मूर्तिको गुरुङ दम्पतीले नै अनावरण गरे । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा पूजाआजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताको उपस्थिति थियो ।
यसबाट ल्वाङमा अर्को पर्यटकीय गन्तव्य थपिएको उनले बताए । ‘ल्वाङ गाउँमा आउने पर्यटकहरु एकपटक चियाबगान हेर्नका लागि पुगिहाल्छन्,’ उनले भने, ‘यो मूर्ति बगान जाने बाटोमै बनाइएको छ । जसले गर्दा उकालोको थकान मेटाउन यसले सघाउनेछ ।’
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो