पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबाट निर्घात कुटिएका युवा राष्ट्रिय स्वतन्त्र पार्टी कै सकृय कार्यकर्ता भएको खुलेको छ ।
आइतबार पोखराको शहीद चाोकमा रास्वपा सभापति रवि लामिछानको गिरफ्तारीको विरुद्धमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताले आन्दोलनमा घुसपैठ गरेर परिस्थिति बिगार्न खोजेको भन्दै एक युवा माथि निर्घात कुटपिट गरेका थिए । प्रहरी माथि ढुङ्गा र बोटल हानेको भन्दै ती युवालाई दर्जन भन्दा बढी रास्वपाका कार्यकर्ताले घेरा हालेर कुटेका थिए ।
पिटाई खाने ती युवा कास्कीको मादी गाउँ पालिका वडा नम्बर ६ सिल्दजुरे स्थायी घर भै पोखरा १३ काहुँ बस्ने पदमराज पौडेल हुन् । उनी रास्वपामा सकृय रुपमा लाग्ने मादी कै पहिलो युवा भएको स्थानीयको दावी छ । रवि लामिछाने र रास्वपाका सकृय कार्यकर्ता उनी आन्दोलनलाई सफल पार्न कै लागि पसल छोडेर निर्धारित समय अगावै शहीद चोकमा पुगेका थिए ।
पदमराज काहुँ खोलास्थित सिल्दजुरे इलेक्ट्रोनिक्सका सञ्चालक हुन । केही वर्ष कोरियामा काम गरेर नेपाल फर्केका उनी रास्वपा पार्टी बन्ने बेलादेखि कै सकृय कार्यकर्ता हुन्।
कुटाई पछि घाइते भएका पौडेलको ओठमा २ वटा टाँका लगाइएको छ । उनी अस्पतालमा उपचार गरेर घर फर्किसकेका छन् । शरिरका विभिन्न भागमा कुटपिट भए पनि अन्यत्र चोट भने लागेको छैन ।
आफ्नै कार्यकर्ताबाट कुटिएर घाइते भएका पदमराजलाई भेट्न रास्वपाका शिर्ष नेता आज सोमबार उनको निवास मै पुगेका थिए । बरिष्ठ उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा सुमना श्रेष्ठ, तोसिमा कार्की र शिव नेपाली काँहुस्थित पौडेलको निवासमा पुगका थिए । उनीहरुले पौडेललाई थप उपचारका लागि भन्दै अस्पताल समेत पठाएका थिए ।
भेट्न पुगेका नेताहरुसँग पौडेलले आफूले अनाहकमा पिटाई खाएको गुनासो गरेका थिए । ‘मैले केही गरेकै थिइनँ नारा लगाइरहेको थिएँ, एक्कासी पिट्न थाले’–उनले नेताहरुसँग भनेका थिए ।
कास्कीका सकृय कार्यकर्ता हुँदाहुँदै पनि रास्वपाको आन्दोलनमा कास्की बाहिरका धेरै सहभागी भएकाले उनीहरुले नचिन्दा पौडेलले पिटाई खानु परेको थियो । हाल उनी निवासमै आराम गरेर बसेका छन् ।
समाधानन्यूजमा समाचार छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन