सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका -१ कुभिण्डेदेखी भीरकोट नगरपालिका -१ बयरघारी सम्म मर्मत गर्ने लक्ष्य अनुरुप यहाँका खाल्डाखुल्डी पुरिएको छ ।
आफ्नै जनशक्तिको प्रयोग गरेर सडक डिभिजन कार्यालय पोखराले सिद्धार्थ राजमार्ग अन्तर्गत यहाँको ३३ किमि सडकका खाल्डाखुल्डी पुर्दै मर्मत गरेको हो । कार्यालय प्रमुख नवराज बास्तोलाले सडकको ठाउँठाउँमा खाल्डा तथा भत्किएको भेटिएपछि आफ्नै कार्यालयका प्राविधिक तथा लेन्थ वर्करको प्रयोग गरेर खाल्डा पुरिएको बताए ।
सडक डिभिजनले खरिद गरेको रोड मेन्टिनेन्स भेइकल ( सडक मर्मत उपकरण ) प्रयोग गरेर यहाँको करिब पाँच सयभन्दा धेरै सडकमा खाल्डा र सडकको भत्केका दुई छेउ मर्मत गरिएको कार्यालय प्रमुख बास्तोलाले बताए । गण्डकी प्रदेशमै पहिलोपटक यो उपकरण प्रयोग गरिएको र दुई हजार वर्ग मिटर सडक मर्मत गरिएको कार्यालयले जनाएको छ ।
सडक डिभिजन कार्यालय पोखराले दस लाख बराबरको विटुमिन इमल्सन (अलकत्र) तथा तीन लाख बराबरको बेस र चिस्स खफिद गरेर काम गरेको जनाएको छ । पहिलोपटक यो उपकरण प्रयोगमा आएसङ्गै मेसिन चलाउने प्राविधिक लगायतका कालोपत्रे गर्ने जनशक्ति उत्पादन भएको कार्यालय प्रमुख बास्तोलाले बताए ।
यो प्रविधि सडक मर्मतसम्भारका लागि सस्तो र सहज भएको बताउँदै कार्यालय प्रमुख बास्तोलाले गण्डकी प्रदेश भित्रका सडक यस्ता खाल्डाखुल्डी ठाउँठाउँमा धेरै नै रहेको र यसरी नै पुरिने बताए ।
सम्बन्धित खबर
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
चैत मसान्तसम्म फेसबुकलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता नभए बन्द गरिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’