पोखरा । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुरअन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् ।
इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ ।
आर्बिटरी इभेन्ट्स र एम.एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष पुरीले जानकारी दिए । ‘पोखरा भनेको म्युजिक, कल्चर निकै रूचाउने सहर हो । डोर सेलसहित गरेर पाँच हजारभन्दा बढीको उपस्थिति रहने हाम्रो अपेक्षा छ,’ उनले भने ।
यो कार्यक्रमका लागि रत्नचोक र लेकसाइडको हिमालयन जाभा, शान्तिनगरको बराल पेट्रोल पम्प, बाराही चोकको होटल ल्याण्डमार्कअगाडि शुक्रबार दिउँसो एक बजेसम्म टिकट खरिद गर्न सकिने संचालक पुरीले जानकारी दिए । मोबाइल वालेट एप खल्तीबाट पनि यो कार्यक्रमको टिकट खरिद गर्न सकिन्छ ।
टिकटको मूल्य एक हजार पाँच सयदेखि तीन हजार रूपैयाँसम्म रहेको छ । दुई हजार पाँच सयको फ्यान पिट र तीन हजार रूपैयाँको भीआइपी टिकट खरिद गर्नेले नाडीमा लगाउने एल.ई.डी ब्याण्ड पाउने छन् । कार्यक्रमको सम्पूर्ण तयारी सकिएको र शुक्रबार दिउँसो तीन बजे गेट खुल्ने कार्यक्रम संयोजक महेश्वर भण्डारीले बताए । सज्जनको प्रस्तुति भने पाँच बजेपछि सुरु हुने उनले जानकारी दिए ।
‘एकादेशमा नेपाल टुर २०२४’ पोखरामा हुन लागेको कार्यक्रम तेस्रो हो । यसअघि चितवन र बुटवलमा कार्यक्रम भइसकेको छ । पोखरापछि कार्तिक २४ गते (नोभेम्बर ९) मा इटहरी र मंसिर १ (नोभेम्बर १६) मा काठमाडौंमा कन्सर्ट गर्ने तयारी रहेको आर्बिटरी इभेन्ट्सका संचालक विपीन नकर्मीले जानकारी दिए ।
सज्जनका ‘हवाइजहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै मन पराएको छ । युट्युबमा मात्र नभई अडिओ स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा पनि वैद्य रूचाइएका छन् । स्पोटिफाईमा उनका मासिक साढे तीन लाखभन्दा बढी स्रोता छन् ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन