रेडियो नेपाल गण्डकी प्रादेशिक प्रमुख गुरुङद्वारा पदभार ग्रहण

रेडियो नेपाल गण्डकी प्रादेशिक प्रमुख गुरुङद्वारा पदभार ग्रहण

गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुख

shantee gurung

पोखरा । रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले सोमबार पदभार ग्रहण गरेकी छन् ।

रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवसहित कार्यालयका कर्मचारीमाझ गुरुङले पदभार ग्रहण गरेकी हुन् ।

२७ वर्षअघि सहसमाचार वाचकका रुपमा रेडियो नेपाल प्रवेश गरेकी गुरुङ यसअघि वरिष्ठ सम्पादक थिइन् । समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गुरुङ लोकगायन क्षेत्रमा समेत स्थापित छिन् ।

गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुखसमेत बनेकी छन् । उनले रेडियामा भएको सीमित स्रोत, साधनका बाबजुद संस्थालाई अझ स्थापित, लोकप्रिय बनाउँदै जनतासम्म लैजान भूमिका निर्वाह गर्ने वाचा गरिन् ।

यस अघिका कार्यालय प्रमुखहरुले सुरुआत गरेका राम्रा कामलाई निरन्तरता दिँदै आवाजविहीनहरूको आवाज बनाउने गरी सबैलाई साथ लिएर काम गर्ने जनाइन् । रेडियो नेपाल प्रादेशिक कार्यालय पोखरामा हाल २८ कर्मचारी छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ