पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघ, कास्कीको ३१ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशनले गोविन्द गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । चुनावमा उनले अध्यक्षका प्रत्यासी प्रकाश बास्तोला र मिलन गोर्खालीलाई पराजित गरेका हुन् ।
प्रथम उपाध्यक्ष ध्रुव पोखरेल, द्वितीय उपाध्यक्ष सञ्जय आचार्य, सचिव रामप्रसाद सुवेदी, कोषाध्यक्ष प्रकाशप्रसाद पोखरेल र सहसचिव दीपेन्द्र पोखरेल निर्वाचित भए । सदस्य विभिषण तिमिल्सिना, अर्जुन खनाल, सन्तोष अधिकारी, ईश्वर पौडेल, मनीषा बस्नेत परियार, हरि खनाल, विजय सापकोटा, देवीमाया दवाडी र ज्ञानप्रसाद पाठक निर्वाचित भए । लेखा समिति संयोजकमा गीता अधिकारी, सदस्यमा टीकाराम बास्तोला र सुजित गौतम निर्वाचित भएको निर्वाचन समिति संयोजक ऋषिराम शर्मा भण्डारीले बताए ।
शनिबार साधारणसभाको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा मेयर आयार्य, नेपाल पुस्तक तथा स्टेसनरी महासंघका महासचिव विष्णुप्रसाद पौडेल, पुस्तक तथा स्टेसनरी व्यवसायी संघ गण्डकी अध्यक्ष कृष्णप्रसाद पोखरेल, संघ कास्कीका पूर्व अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, संस्थाका सल्लाहकार ऋषिराम शर्मा भण्डारी, मसलन्द तथा शैक्षिक सामग्री उत्पादन संघका केन्द्रीय सदस्य कृष्णराज ढुंगाना, कलम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोहरि सापकोटा, हिसान कास्की अध्यक्ष दिवाकर जैशी, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की अध्यक्ष एकनारायण पंगेनी, संस्थाका सहसचिव रामप्रसाद सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा अग्रज व्यवसायीमध्ये गुप्तप्रसाद शर्मा, राजेन्द्र घिमिरे र सावित्री कोइराला गौतमलाई सम्मान गरिएको थियो । यस्तै, पत्रकार आरजु विष्ट सल्यानी सम्मानित भए ।
संघका अध्यक्ष कवीन्द्र पोखरेल अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वतर्फबाट व्यवसायी राजेन्द्र घिमिरे र पत्रकार सल्यानीले बोलेका थिए । संघ उपाध्यक्ष ध्रुुव पोखरेलले स्वागत मन्तव्य र संचालन सचिव सञ्जय आचार्यले गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन