काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ । आज बिहान पौने ६ बजेको मापनमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । यति नै न्युनतम तापक्रम सोमबार पनि थियो । मंगलबार भने काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन भएको थियो ।
मौसमविदले आगामी दिनमा तापक्रम घट्ने क्रम अझै जारी रहने बताएका छन् । त्यसैले चिसोबाट जोगिन आवश्यक पूर्वतयारीका काम गर्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।
मौसमविद् सञ्जिव अधिकारीले भने, ‘जाडो क्रमशः बढ्दै गइरहेको छ । तर यही बेला विगतको औसत तापक्रमसँग तुलना गर्ने हो भने चाहिँ सामान्य नै छ ।’
स्थिर खालको वायुमण्डल भएकाले तराई मधेश र पहाडी भेगमा हुस्सु लाग्ने र त्यो केहीबेरसम्म रहीरहने गरेको मौसमविद अधिकारीले बताए । आज बिहान पनि काठमाडौं उपत्यका, तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ ।
काठमाडौंमा हुस्सु लागे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान-अवतरण भने सामान्य छ । अहिले काठमाडौं विमानस्थलको भिजिबिलिटी ४ हजार ५०० मिटर रहेको मौसमविद अधिकारीले बताए ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ४.५ छ ।
यसैगरी जोमसोममा शून्य, जिरीमा ४.७, डडेलधुरामा ७.३, ओखलढुंगामा ७.६ र ताप्लेजुङमा ८.२ डिग्री सेल्सियस मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । तर एक-दुई दिन काठमाडौं उपत्यकामा वर्षाको सम्भावना भने देखिएको छैन ।
मौसमविद अधिकारीका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि काठमाडौं उपत्यकामा पानी पर्ने सम्भावना छैन । तर कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा छिटफुटदेखि हल्का किसिमको वर्षा हुने सम्भावना देखिने उनले बताए ।
विगत चौबिस घण्टामा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा फाटफुट पानी परेको छ ।
साथै कोशी र गण्डकीका हिमाली भूभागका एक–दुई ठाउँमा आज हिमपात पनि हनसक्ने सम्भावना छ । पहाडी र हिमाली भूभागको मौसम आजको तुलनामा भोलि र पर्सि अझै राम्रोसँग खुल्ने सम्भावना छ ।
‘आज पनि राम्रो नै छ र तर भोलि र पर्सि अझै राम्रो हुन्छ,’ मौसमविद अधिकारीले भने ।
सम्बन्धित खबर
गण्डकी, कोशी र बागमतीमा सोमबार र मंगलबार भारी वर्षाको सम्भावना
काठमाडौँसहित देशभर मनसुनी वायुको असर: कुन-कुन क्षेत्रमा छ पानी पर्ने सम्भावना?
दुई दिन अतिभारी वर्षाको चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह
देशभर मनसुन सक्रिय हुँदै: कोशीमा भारी वर्षा र तराईमा हुरीको सम्भावना
आगामी ४–५ दिनभित्र देशभर मनसुन फैलिने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
मनसुन कोशीबाट भित्रियो, गण्डकी र लुम्बिनीसम्म फैलियो
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा