पोखरा न्यूरोड स्थित कस्मिक कम्प्युटिङ्ग एकेडेमीले प्रहरी कर्मचारीको लागि निःशुल्क कम्प्युटर सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।
एकेडेमीले प्रहरी कर्मचारीहरुको लागि कम्प्युटर तालिम सञ्चालन गर्नको लागि वडा प्रहरी कार्यालय, बैदामबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
एकेडेमीका सञ्चालक पुरुषोत्तम कुँवर र वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यालयलाई स्मार्ट अफिसका रुपमा विकास गर्न साथै कार्यालयको सबै किसिमको कार्यहरु डिजिटलाइज हुँदै गईरहेको परिप्रेक्ष्यमा अब सबै प्रहरी कर्मचारीहरु प्रविधिमैत्री हुने उद्देश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सूचना प्रविधी (कम्प्युटर) सम्बन्धी अनुशिक्षण (तालिम) प्रदान गर्न यो सम्झौता गरिएको डीएसपी निरौलाले बताए।
उनले भने – ‘आम जनमानसलाई प्रहरी सेवा प्रभावकारी ढंगबाट उपलव्ध गराउन सूचना प्रविधिको आजको युगमा बैदाम प्रहरीलाई पनि सूचना प्रविधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकूल बनाई प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अतिनै आवश्यक रहेको छ ।’
कम्प्युटर सम्बन्धी ज्ञान नभएका र सामान्य ज्ञान भएका जवानदेखि अधिकृतसम्मका प्रहरी कर्मचारीहरुलाई लक्षित गरी तालिम संचालन गरिने एकेडेमीका संचालक कुँवरले बताए । तालिममा कम्प्युटर सम्बन्धी आधारभुत कोर्ष, एडभान्स कोर्ष, साइबर सुरक्षालगाएतका कोर्ष सञ्चालन हुनेछन् ।
आजको युगमा प्रविधिको प्रयोग विना नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुन्धान कार्यमा दक्षता हाँसिल गर्न नसक्ने भएकाले नेपाल प्रहरीको उक्त लक्ष्यलाई पूरा गर्न यस वडा प्रहरी कार्यालय बैदाम र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिको सम्बन्धमा सामान्य ज्ञान र सीप दिलाउने उद्देश्यका साथ कस्मिक कम्प्युटिङ एकेडेमीले नि:शुल्क रुपमा कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको कुँवरले बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ