पोखरा न्यूरोड स्थित कस्मिक कम्प्युटिङ्ग एकेडेमीले प्रहरी कर्मचारीको लागि निःशुल्क कम्प्युटर सम्बन्धी तालिम प्रदान गर्ने सम्झौता गरेको छ ।
एकेडेमीले प्रहरी कर्मचारीहरुको लागि कम्प्युटर तालिम सञ्चालन गर्नको लागि वडा प्रहरी कार्यालय, बैदामबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
एकेडेमीका सञ्चालक पुरुषोत्तम कुँवर र वडा प्रहरी कार्यालय बैदामका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बुधबार एक सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कार्यालयलाई स्मार्ट अफिसका रुपमा विकास गर्न साथै कार्यालयको सबै किसिमको कार्यहरु डिजिटलाइज हुँदै गईरहेको परिप्रेक्ष्यमा अब सबै प्रहरी कर्मचारीहरु प्रविधिमैत्री हुने उद्देश्यले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सूचना प्रविधी (कम्प्युटर) सम्बन्धी अनुशिक्षण (तालिम) प्रदान गर्न यो सम्झौता गरिएको डीएसपी निरौलाले बताए।
उनले भने – ‘आम जनमानसलाई प्रहरी सेवा प्रभावकारी ढंगबाट उपलव्ध गराउन सूचना प्रविधिको आजको युगमा बैदाम प्रहरीलाई पनि सूचना प्रविधिको क्षेत्रमा अझ बढी सशक्त र समयानुकूल बनाई प्रहरीले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन अतिनै आवश्यक रहेको छ ।’
कम्प्युटर सम्बन्धी ज्ञान नभएका र सामान्य ज्ञान भएका जवानदेखि अधिकृतसम्मका प्रहरी कर्मचारीहरुलाई लक्षित गरी तालिम संचालन गरिने एकेडेमीका संचालक कुँवरले बताए । तालिममा कम्प्युटर सम्बन्धी आधारभुत कोर्ष, एडभान्स कोर्ष, साइबर सुरक्षालगाएतका कोर्ष सञ्चालन हुनेछन् ।
आजको युगमा प्रविधिको प्रयोग विना नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण र अनुन्धान कार्यमा दक्षता हाँसिल गर्न नसक्ने भएकाले नेपाल प्रहरीको उक्त लक्ष्यलाई पूरा गर्न यस वडा प्रहरी कार्यालय बैदाम र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रविधिको सम्बन्धमा सामान्य ज्ञान र सीप दिलाउने उद्देश्यका साथ कस्मिक कम्प्युटिङ एकेडेमीले नि:शुल्क रुपमा कम्प्युटर कक्षा सञ्चालन गर्न लागिएको कुँवरले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन