पोखरा। एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ भन्ने मूल नाराका साथ पोखरामा ३७ औं विश्व एड्स दिवस मनाइएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा तथा गण्डकी प्रदेशमा एचआइभी एड्स तथा यौनरोग नियन्त्रणका क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाको समन्वयमा विविध कार्यक्रम गरी दिवस मनाइएको हो ।
पोखराको बसुन्धरापार्कमा मूल समारोह आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका महानिर्देशक डा. खिम बहादुर खड्काले जनस्वास्थ्यका क्षेत्रमा सरकारले संचालन गरेका कार्यक्रममध्ये एचआईभी एड्स नियन्त्रण कार्यक्रम अत्यन्त सफल भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपाली संक्रमितलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले प्रयास गरिरहेको बताए ।
राष्ट्रिय एड्स महासंघका केन्द्रीय सचिव मनोज गुरुङले संक्रमितहरुमा हुने गरेको भेदभाब र लान्छना अन्त्यका लागि सबै नागरिकमा जनचेतना फैलाउनुपर्ने कुरामा जोड दिए ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले सन् २०३० सम्म एचआइभी मुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
दिवसको सन्दर्भमा जनप्रतिनिधिमा एचआइभी सम्वन्धी अभिमुखीकरण, अति विपन्न सिएबिए बच्चाहरुलाई न्यायो कपडा वितरण, जुम्बा कार्यक्रम, जनचेतनामूलक सामग्री प्रशारण, एसटिआई र भिआइए क्याम्प, मैनवत्ति प्रज्वलन जस्ता विविध कार्यक्रम गरिएको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत कमल रानाभाटले जानकारी दिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु