पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेललाई मानव अधिकारको क्षेत्रमा योगदानको कदर गर्दै सम्मानित गरिएको छ ।
आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा एसिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्च (एसियन फोरम)को समन्वयमा गरिएको कार्यक्रममा बुधबार खकुरेललाई सम्मान गरिएको हो ।
मानव अधिकारको संरक्षण र प्रवद्र्धधनमा पु¥याएको योगदानको मूल्यांकन गर्दै उनलाई प्रमाणपत्र र फूलमालासहित सम्मानित गरिएको हो । प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले खकुरेललाई प्रमाणपत्र र फुलमालाले सम्मान गरे ।
‘मानव जिवनकै अत्यन्त गहन विषय मानव अधिकार जस्तो महत्वपूर्ण क्षेत्रमा ३० वर्ष बेतित गरिसक्नुभएको जानकारी पाउँदा हामीलाई खुसी लागेको छ । यस क्षेत्रमा यहाँले खेल्नुभएको भूमिकाले समुदाय सकारात्मक दिशातर्फ अगाडि बढेको कुराको पनि हामी मुक्तकण्ठले प्रशंसा गदर्छौं,’ सम्मान गरिएको कदर पत्रमा उल्लेख छ ।
काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर ११ जन्मेका खकुरेल विगत १६ वर्षदेखि गण्डकी प्रदेशमा रहेर मानव अधिकारको रक्षका लागि काम गरिरहेका छन् । खकुरेलले प्रदेशको मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानको उच्च मुल्यांकन गर्दै आफूहरु अनुकरणीय भएको कदर पत्रमा लेखिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु