पोखरा । धादिङ–पोखरा सम्पर्क समाजको अध्यक्षमा सरस्वती श्रेष्ठ सरु निर्वाचित भएकी छन् । समाजको शनिबार पोखरामा सम्पन्न २६औँ साधारणसभा तथा १३औँ अधिवेशनले सरुलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । याेसँगै समाजले २६ वर्षकाे इतिहासमा पहिलाे पटक महिला नेतृत्व पाएकाे छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा टीकाबहादुर लम्साल, उपाध्यक्षमा दिनेश तुलाधर, महासचिवमा प्रकाश दुलाल, सचिवमा युवराज खनाल, कोषाध्यक्षमा कमल सापकोटा र सहकोषाध्यक्षमा तोयनाथ सापकोटा छन् ।
यसैगरी कार्यसमिति सदस्यमा राजन श्रेष्ठ, लालप्रसाद ढकाल, भूपेन्द्र सिलवाल, रामप्रसाद नेपाल, विष्णुमान शाक्य, अञ्जली लम्साल, रामबहादुर सुनार मिलन, होमबहादुर थापा मगर छन् ।

समाजका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ संयोजक, नवराज दुवाडी, हरि अर्याल, बलराम खतिवडा, गोकर्ण लम्साल, रामकृष्ण दुवाडी सदस्य सचिव रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको भन्दै सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने भएकाले मुलुक निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताए ।

समाजको उत्कृष्ट कार्यक्रमकै कारण रेडक्रस सोसाइटीबाट तीन पटकसम्म सम्मानित भइसकेको हुँदा समाज यस्तै सामाजिक कार्यमा अग्रसर बन्दै अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।
‘घर छाडेपछिको बसाईं सहज र अपेक्षा गरेझैं हुँदैन । टाढाको रहनसहन, दुःख पीडा, साह्रो गाह्रोकोको केही न केही अनुभव र अनुभूति हरेकलाई हुने गर्दछ । सामाजिकरणका लागि निकटसँग संगत र सम्पर्कमा रहनुपर्छ’, उनले भने ।
उनले थपे, ‘परको ठाउँमा आफन्त परिवारको दर्जा स्वरुप सहायक सिद्ध हुने उद्देश्यले नै यसरी संस्थामा तपाईंहरू एकताबद्ध हुनुभएको भन्ने लाग्दछ, जीवनलाई सुखद् र सरल अनुभूति गर्न आपसी मेलमिलापले सघाउ पुर्याउँदछ ।’

पोखरा उद्याग वाणिज्य संघका महासचिव शोभा गौतमले सामाजिक संघ संस्थाको सक्रियताले मात्रै मुलुक समृद्ध बन्ने बताइन् ।
पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक बिमला भट्टले धादिङ समाजको कार्य उत्कृष्ट रहेको भन्दै प्रशंसा गरिन् ।

समाजका अध्यक्ष रामप्रसाद पाण्डे राजुको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्ष नवराज दुवाडी, सल्लाहकार रामकृष्ण दुवाडी, वरिष्ठ उपाध्यक्ष सरस्वती श्रेष्ठ सरु, महासचिव हरि पन्त, कोषाध्यक्ष सुरेन्द्र विकलगायतले बोलेका थिए ।
सो अवसरमा समाजका निवर्तमान अध्यक्ष गोकर्ण लम्सालसहित कार्यक्रम संयोजक र उत्कृष्ट सहयोग दातालाई सम्मान गरिएको थियो ।



सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो