पोखरा पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयका विद्यार्थीलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ ।
विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत १६० जना विद्यार्थी प्रतिनिधिहरूलाई एक दिने नेतृत्व विकास तालिम प्रदान गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै जीवनशैली विज्ञ एवं विश्व प्रेरणा शिक्षक रमण भट्टराईले विद्यार्थीहरूलाई भविष्यमा कुनै पनि पेशा व्यवसायमा लाग्दा सीप र व्यवसायिक कुशलताका साथमा स्पष्टसँग बोल्न सक्नुपर्नेभएकाले निर्धक्क भएर आफ्ना कुरा राख्न हिच्किचाउन नहुने बताए ।

नेतृत्व गर्ने क्षमता भएका व्यक्ति अरु भन्दा अगाडि हुने भएकाले यो उमेरदेखि नै उत्सुकता, क्षमतावान, कुनै पनि कुरा सिक्न चासो राख्नुपर्ने उनले उल्लेख गरे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीमा नेतृत्व क्षमता विकासको महत्व दिलाउन यस्ता कार्यक्रम फलदायी हुने बताए । नेतृत्व विकास र नेतृत्वदायी भूमिका निभाउन विद्यार्थीले निरन्तर मेहनत गर्नुपर्ने उनले बताए ।

अध्यक्ष पौडेलले नेतृत्व लिने व्यक्तिमा अनुशासन पनि उत्तिकै जरुरी रहेको बताए । ‘अनुशासन नभए जस्तोसुकै क्षमता भएपनि काम लाग्दैन।’ अध्यक्ष पौडेलले भने ।
विद्यालयका प्राचार्य किरण सापकोटाले कक्षा प्रतिनिधिहरूको जिम्मेवारी र कर्तव्यका सन्दर्भमा सहजीकरण गरे ।
विद्यार्थीहरुमा अन्तर्निहित नेतृत्वको क्षमता विकास गर्ने अभिप्रायले यस कार्यक्रम आयोजना गरिएको प्राचार्य सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार विद्यार्थीलाई कुनै पनि संस्था वा समूहको नेतृत्व कस्तो हुनुपर्छ र नेतृत्व कसरी गर्ने भनेर सिकाउनका लागि प्रशिक्षण दिइएको हो ।

‘यस्तो प्रशिक्षणले विद्यार्थीमा नविनतम सोच पलाउन सघाउँछ । विद्यार्थीले एकतहको नेतृत्व कक्षाकोठामै गरेका हुन्छन । त्यसलाई अझ व्यवहारिक बनाउन विद्यालयले प्रशिक्षण दिलाएको हो,’ उनले भने, ‘नेतृत्व भनेको असाधारण कुरा हो । सबैले सबै ठाउँ सही नेतृत्व लिन सक्दैनन, त्यसैले नेतृत्व लिन चाहनेमा केही खुबी हुनुपर्छ ।’
विद्यालयले विगत दश वर्षदेखि नियमित रुपमा यो खालको प्रशिक्षण दिँदै आएको सापकोटाले बताए ।
विद्यालयका संस्थापक राकेश जोशीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा विज्ञान, व्यवस्थापन तथा होटल व्यवस्थापन संकायका हरेक सेक्शनका छात्र र छात्रा प्रतिनिधिहरु सहभागी थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’