गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरामा होली खेलेर पर्यटक रमाएका छन् । लेकसाइडमा विदेशी पर्यटकको बाक्लो उपस्थितिमा होली पर्व मनाइएको छ ।
लेकसाइड नै आन्तरिक तथा बाह्य पर्यटकका लागि होली मनाउने केन्द्र बन्दै आएको छ ।
फेवाताल किनार कोमागाने पार्कमा प्रचार नेपाल र स्पेक्स फोर्टिनको आयोजनामा भएको ‘होलिल्यान्ड’ मा हजारौंको उपस्थिति थियो । रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले पनि लेकसाइड क्षेत्रमा होली उत्सव गरेको छ ।
१५ हजार सहभागी रहेको आयोजकको दाबी
‘होलिल्यान्ड’को दोस्रो संस्करणमा डिजे डेनी, डिजे अनिश, डिजे रुस, डिजे एम्मी, डिजे न्याक्सिजम, डिजे साउडेको प्रस्तुति रहेको थियो ।
कार्यक्रममा हट एअर बेलुन, अल्ट्रालाइट, ड्रोन स्प्ल्यास, खानाको स्टल र सांगीतिक प्रस्तुति आकर्षणको रुपमा रहेको थियो । होलीको मज्जा दिन पानीको ट्यांकरबाट रंग भरिएको पानीको फोहरा फालिएको थियो ।
करिब १५ हजार दर्शकले कार्यक्रममा भाग लिएको आयोजना संस्था प्रचार नेपालका संचालक आशिष पुरीले दाबी गरे ।
होलीमा गरिएको कार्यक्रममा दर्शकले दिएको साथले आफूहरुलाई आगामी कार्यक्रम गर्न निकै हौसला थपेको स्पेक्स फोर्टिनका संचालक महेश्वरसिंह भण्डारीले बताए ।
अन्तिम समयमा कार्यक्रम हुने स्थान बाराही घाटबाट कोमागाने पार्क सार्नु परेपनि दर्शकको साथले कार्यक्रम सोचेभन्दा धेरै सफल भएको उनको भनाइ थियो । करिब सात घण्टा चलेको कार्यक्रमको होस्ट यकिन गुरुङ थिए ।
२१ वर्षदेखि होली उत्सव
रेबान पोखराले हरेक वर्ष होली उत्सव आयोजना गर्दै आएको छ । लेकसाइडमा लाइभ ब्यान्डको प्रस्तुतिमा पर्यटक रमाए ।
पर्यटकलाई नेपाली संस्कृतिसँग जोड्ने भन्दै २१ वर्षदेखि होली उत्सव आयोजना रेबानले गर्दै आएको छ । अब यो थाहा नहुनेका निम्ति पनि पोखराको होली नियमित तालिका बनिसकेको छ ।
महोत्सव पोखराको लेकसाइडको अम्बोटबाट हल्लनचोकसम्म पञ्चेबाजासहित पर्यटन व्यवसायी, आन्तरिक तथा बाह्य पर्यटक विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा र्यालीसमेत निकालिएको थियो ।
नेपाल पत्रकार महासंघ कास्कीले पनि वर्षेनी महासंघ भवनमा होली खेल्दै आएको छ । कार्यक्रममा पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्कीका अध्यक्ष माधव बराल लगायत उपस्थित थिए ।
थप तस्वीरहरूः
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा