पोखरा । विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोगन माध्यमिक विद्यालयकी छात्रा सुजाता पौडेल प्रथम बनेकी छिन् ।
प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी छात्रा दिप शिखा क्षेत्री द्वितीय बनेकी छिन् भने नेशनल क्रियसन एकेडेमीका श्रीदेश थापाले तृतीय स्थान प्राप्त गरेका छन् ।
त्यस्तै महर्षि गुरुकुल वेद विद्याश्रमका कुशुम बराल र सोही विद्याश्रमका सन्देश पौडेलले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूले क्रमशः नगद १० हजार, सात हजार, पाँच हजार र एक/एक हजार रुपैयाँ नगदका साथै प्रमापत्र प्रप्त गरेका छन् । उनीहरुलाई केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्य, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइराला, निर्णायक समितिका संयोजक सह प्रा.डा. भोलानारायण रेग्मी लगायतले सूर्य–प्रेम पुरस्कारबाट पुरस्कृत गरेका थिए ।
कार्यक्रममा केदारेश्वर महादेव मणि, वैदामका पीठाधिश चिद्धन चैतन्यले हाम्रा संस्कार र संस्कृतिको जगेर्ना गर्नु आवश्यक भएको बताउँदै गीता आँर्फैमा महान ग्रन्थ भएको धारणा राखे ।
विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष पार्वता पौडेलले आजको पुस्तालाई संस्कारी बनाउनु आवश्यक भएको उल्लेख गर्दै सनातन हिन्दु संस्कार र संस्कृतिमा गीताको विशिष्ट महत्व रहेको बताए ।
विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाले संस्कार र संस्कृतिको जगेर्नाकै लागि युवा विद्यार्थीलाई लक्षित गरी वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए ।
पहिलो चरणमा निर्वाचन क्षेत्र स्तरीय वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई मात्रै यस चरणको प्रतियोगितामा समावेश गराइएको उनले जानकारी दिए ।
निर्णायक समितिका संयोजक सह प्राध्यापक डा. भोलानारायण रेग्मीले संस्कार नभएको शिक्षा अपाङ्ग हुने बताउँदै नैतिक शिक्षा अहिलेको आवश्यकता भएकोमा जोड दिए । हिन्दु धर्मले सबैको कल्याणको कामना गर्ने उल्लेख गर्दै उनले यो धर्म नै सनातन धर्म भएको धारणा राखे ।
विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष जगन्नाथ कोइरालाको सभापतित्व एवम् महासचिव भुपेन्द्र गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा निर्णयक समितिका सदस्यद्वय जीवनका लागि गीता ज्ञान अभियान गण्डकी प्रदेश समिति संयोजक उप प्राध्यापक डा. ज्यो हरिश्चन्द्र भण्डारी र उप प्राध्यापक गणेश शर्मा सुवेदी लगायतले सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा गीताको ठूलो महत्व रहेको उल्लेख गरेका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन