त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज तोकिएको निर्वाचन कहिँ भए भने कतै हुन सकेनन् ।
वन विज्ञान अध्ययन संस्थान, पोखरामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी विरुद्ध एमाले र माओवादी समर्थित विद्यार्थी एक भएर चुनाव लडेकोमा संयुक्त प्यानलले सबै पद जितेको छ ।
आफ्नो दलहरु सत्तापक्ष र प्रतिपक्षी रहँदा वन क्याम्पसमा भने वाम गठबन्धन मिलेर चुनाव लडेका हुन् । निर्वाचन संयोजक डा. रामप्रसाद शर्माका अनुसार संयुक्त प्यानलका तर्फबाट अनेरास्ववियुका अभिषेक शर्मा अध्यक्षमा विजयी भएका छन् ।
शर्माले २३० मत प्राप्त गर्दा प्रतिष्पर्धी नेवि संघका उत्तम हुमागाईंले १४८ मत प्राप्त गरे । सचिव अखिल क्रान्तिकारीका गौरव खड्का विजयी भए । उनले २२६ मत प्राप्त गरे भने प्रतिष्पर्धी नेवि संघका दीपेन्द्र रौनियराले १४८ मत ल्याए ।
कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ २२४ मत ल्याएर विजयी भइन् । नेवि संघकी जानकारी गुर्धामी १५४ मतमा सीमित भइन् ।
५ जना सदस्यहरुमा अनेरास्ववियुबाट २ जना र अखिल क्रान्तिकारीबाट ३ जना विजयी भएका छन् । सुनिलसिंह भण्डारी, सिद्धान्त खनालका साथै रिया श्रेष्ठ, प्रकट ढुंगाना र भिभोर शाह विजयी भएका छन् ।

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे