धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले आफैं स्ववियु गठन गरेको छ । क्याम्पस प्रशासनले स्ववियु चुनाव नगराएपछि क्रान्तिकारीले ५१ प्रतिशत विद्यार्थीको हस्ताक्षरमा स्ववियु गठन गरेको जनाएको छ।
‘सहमति गर्ने भन्दै क्याम्पस प्रशासनले चुनाव नगराएपछि बहुमत विद्यार्थीको हस्ताक्षरमा हामीले गठन गरेका हौं,’ अखिल क्रान्तिकारी धादिङ जिल्ला अध्यक्ष श्रीकृष्ण रिजालले भने ।स्ववियु सभापतिमा गणेश पाण्डे र सुस्मिता बरुवाल उपसभापति, गरिमा लामिछाने सचिव र सुमन डीसी सह-सचिव र कुशल सुवेदीलाई कोषाध्यक्ष चयन गरिएको उनले बताए । उनका अनुसार ६ सदस्य सहित ११ सदस्य स्ववियु गठन गरिएको छ ।
उक्त कार्यक्रममा गजुरी गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, गजुरी गाउँपालिका वडा नं. १ वडा अध्यक्ष तारा भण्डारी, ५ नम्बर अध्यक्ष गोविन्द लामिछाने, ६ नम्बर अध्यक्ष भक्तबहादुर तामाङ अखिल क्रान्तिकारी धादिङ जिल्ला उपाध्यक्ष सपना दाहाल, जिल्ला सचीव कवि प्रसाद दुलाल र आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उपस्तिथिमा स्ववियु गठन गरिएको हो।
क्रान्तिकारीले आफैं घोषणा गरेपछि आधिकारिकता पाउने नपाउने अन्योल भएको छ । क्याम्पस प्रमुख मुक्तिकला लामिछानेका अनुसार सहमतिका लागि कार्यदल बनाएको थियो। कार्यदलमा पनि सहमति जुटेको छैन ।
सम्बन्धित खबर
भोटेकोशी बाढीपीडितका लागि बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको तलब सहयोग
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा