कास्की । पर्यटन प्रवद्र्धन, पर्यावरण संरक्षण तथा पदयात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री कृष्णदल गणले अन्नपूर्ण पदमार्ग क्षेत्रको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। सेनाको पश्चिम पृतना अन्तर्गत श्री नं. ३ वाहिनी अड्डाको निर्देशनमा सञ्चालन गरिएको अभियान बैशाख २१ गतेदेखि २५ गतेसम्म पाँच दिनसम्म सञ्चालन गरिएको हो।
पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्नपूर्ण पदमार्ग क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउनु यस अभियानको मुख्य उद्देश्य रहेको अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति, प्रमुख सेनानी राजेन्द्र पुडासैनीले बताए ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका क्षेत्रका झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, गुर्जुङ, सिनुवा र बम्बु जस्ता मुख्य गन्तव्यहरूमा सरसफाई कार्य सञ्चालन गरिएको थियो। अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP) का प्रतिनिधिहरू, स्थानीय होटल व्यवसायी, आमा समूह तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पाँच दिनसम्म चलेको अभियानको अन्तिम दिन करिब २९० के.जि. फोहोर संकलन गरिएको थियो । स्थानीयले यस्ता गतिविधिहरूले पर्यावरण संरक्षणमा मात्र होइन, दीर्घकालीन रूपमा दिगो पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान र्पुयाउने विश्वास व्यक्त गरे, र आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली सेनालाई आवश्यक सहयोग गर्न तत्पर रहने प्रतिबद्धता समेत जनाएका थिए ।
अभियानले सेनाको सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागितामूलक प्रयासलाई बल र्पुयाएको छ भने, पर्यावरणीय चेतना अभिवृद्धि गर्न समेत सहयोग पुगेको स्पष्ट देखिएको कुरा स्थानियले बताए।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु