कास्की । पर्यटन प्रवद्र्धन, पर्यावरण संरक्षण तथा पदयात्रुहरुको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाको श्री कृष्णदल गणले अन्नपूर्ण पदमार्ग क्षेत्रको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। सेनाको पश्चिम पृतना अन्तर्गत श्री नं. ३ वाहिनी अड्डाको निर्देशनमा सञ्चालन गरिएको अभियान बैशाख २१ गतेदेखि २५ गतेसम्म पाँच दिनसम्म सञ्चालन गरिएको हो।
पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै प्राकृतिक सौन्दर्यले भरिपूर्ण अन्नपूर्ण पदमार्ग क्षेत्रलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउनु यस अभियानको मुख्य उद्देश्य रहेको अभियानको नेतृत्व श्री कृष्णदल गणका गणपति, प्रमुख सेनानी राजेन्द्र पुडासैनीले बताए ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका क्षेत्रका झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, गुर्जुङ, सिनुवा र बम्बु जस्ता मुख्य गन्तव्यहरूमा सरसफाई कार्य सञ्चालन गरिएको थियो। अभियानमा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP) का प्रतिनिधिहरू, स्थानीय होटल व्यवसायी, आमा समूह तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पाँच दिनसम्म चलेको अभियानको अन्तिम दिन करिब २९० के.जि. फोहोर संकलन गरिएको थियो । स्थानीयले यस्ता गतिविधिहरूले पर्यावरण संरक्षणमा मात्र होइन, दीर्घकालीन रूपमा दिगो पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान र्पुयाउने विश्वास व्यक्त गरे, र आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै नेपाली सेनालाई आवश्यक सहयोग गर्न तत्पर रहने प्रतिबद्धता समेत जनाएका थिए ।
अभियानले सेनाको सामाजिक उत्तरदायित्व तथा सामुदायिक सहभागितामूलक प्रयासलाई बल र्पुयाएको छ भने, पर्यावरणीय चेतना अभिवृद्धि गर्न समेत सहयोग पुगेको स्पष्ट देखिएको कुरा स्थानियले बताए।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’