पोखरा । लेखनाथ पत्रकार मञ्चको तेस्रो अधिवेशन तथा चौथो साधारणसभाले विष्णुहरि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिवमा सुजित परियार र कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने रहेका छन् ।
समितिका सदस्यहरूमा शुष्मा नेपाली, प्रिजना दिवाल, चिरञ्जिीवि भूर्तेल, विमल तिवारी, अमृत श्रेष्ठ र जनकराज तिवारी रहेका छन् ।
अधिवेशन सम्पन्न गर्नका लागि महेश्वर पाण्डेको संयोजकत्वमा भरतप्रसाद तिवारी र वासुदेव पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य सरस्वती गुरुङले सामाजिक सञ्जालको बढ्दो प्रयोगले चुनौतीपूर्ण बन्दै गएको बर्तमान अवस्थामा पत्रकारिताको मर्म र भावनालाई मर्न दिन नहुने बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले लेखनाथ क्षेत्र प्राकृतिक रुपमा सुन्दरका साथै यहाँका संघसंस्थाबीच सहकार्य र एकता राम्रो रहेको भन्दै प्रशंसा गरे ।
मञ्चका अध्यक्ष कविराज खनालको सभापतित्व एवम् सचिव विष्णुहरि पौडेलले सञ्चालन गरेका कार्यक्रममा संस्थापक अध्यक्ष भीमपाणि बरालले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, कृयाशिल महिला पत्रकार संघ गण्डकीका अध्यक्ष सरिता तिमल्सिना पगेनी, पोखरा महानगरपालिका वडा नं २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङ, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरी, खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष राजाराम पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा मञ्चको संस्थागत विकासमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै लेखनाथ उद्योग वाणिज्य संघ, पुरस्कार अक्षयकोषदाता पोखरा ३० का शेरबहादुर गुरुङ, सहयोगदाता पोखरा ३२ का बुद्धिमान गुुरुङ, पोखरा २९ आदर्श हार्डवेयरका सञ्चालक विजय गुुरुङ, र पोखरा २६ का नमस्ते पार्टी प्यालेसका सञ्चालक सूर्यमणि लामिछाने लाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन