पोखरा । पोखरा जेसीजद्वारा आयोजित ‘जेसीज सप्ताहन्त २०२५’ सम्पन्न भएको छ। यही जेठ ३ देखि सञ्चालित सप्ताहन्त विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पोखराकै एक पुरानो सामाजिक संस्था पोखरा जेसीजमा आवद्ध ४० वर्ष मुनिका युवाहरुले हरेक वर्ष समुदाय लक्षित सामाजिक कार्यक्रम गरेकोमा खुशी व्यक्त गरे ।
जेसीजको सिद्धान्तलाई राजनीतिक लगायत हरेक क्षेत्रका नागरिकले अवलम्वन गर्न जरुरी रहेको उल्लेख गर्दै स्वास्थ्य मन्त्री पाठकले जेसीजमा आवद्ध युवाहरुले सामाजिक क्षेत्रमा अनुकरणीय काम गर्दै आएको उल्लेख गरे ।
‘युवाहरु नकारात्मकतातिर जाँदैछन्, जेसीज जस्ता संस्थामा आवद्ध युवाहरुले यसको विरुद्धमा अभियान चलाउनुछ । सकारात्मक समाज निर्माणमा सचेत युवाहरु लाग्नुपर्नेछ । समाजमा नकारात्मकता हावी भएकाले युवाहरूमा सकारात्मक सोच जरूरी छ’ स्वास्थ्यमन्त्री पाठकले भने ।
स्वास्थ्यमन्त्री पाठकले युवाहरु सकारात्मक, अध्ययनशील, नेतृत्वदायी क्षमतावान हुनुपर्नेमा जोड दिँदै विदेश जाने ट्रेण्डले युवाहरु पलायन भइरहेको पनि बताए । ‘युवाहरु पढ्न जाने हो, वैदेशिक उच्च शिक्षा प्राप्तिपछि स्वदेश फर्कने हो, देशको सेवा गर्ने हो ।’ – उनले भने ।
स्वास्थ्यमन्त्री पाठकले जेसीले स्वास्थ्य क्षेत्र केन्द्रीत कार्यक्रम गर्दा सक्दो सहयोग गर्ने पनि जनाए । पोखरा जेसीज वर्ष २०२५ का अध्यक्ष भाइराज रानामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो। पृथ्वीनारायण क्याम्पस अर्थशास्त्र विभागका प्राध्यापक डा. लेखनाथ भट्टराईको विशेष उपस्थिति रहेको थियो।
जेसीज सप्ताहन्त २०२५ अन्तर्गतको मुख्य तथा अन्तिम कार्यक्रममा “आर्थिक विकास: समृद्धिको आधार, वर्तमान परिस्थिति, सम्भावना र चुनौती” विषयमा गहन अन्तरक्रिया कार्यक्रम भएको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा प्यानलिस्टका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, पृथ्वीनारायण क्याम्पस अर्थशास्त्र विभागका प्राध्यापक डा. लेखनाथ भट्टराई तथा राष्ट्रिय योजना आयोग नेपालका उपाध्यक्ष डा. शिवराज अधिकारी थिए । कार्यक्रमको सहजीकरण सुजन रेग्मीले गरेका थिए।

सप्ताहन्त कार्यक्रमका मुख्य संयोजक पोखरा जेसीज वर्ष २०२५ कार्यकारिणी उपाध्यक्ष कपिल पौडेलले सप्ताहन्तको पहिलो दिन माछापुच्छ्रे गाउँपालिका-६ मा निःशुल्क आँखा शिविर, दोस्रो दिन पोखरा महानगरपालिका-१७ मा निर्णय पुस्तिका लेखन तथा वित्तीय साक्षरता तालिम, तेस्रो दिन अन्नपूर्ण गाउँपालिका सल्यानस्थित प्रगतिशील माविमा शैक्षिक सामग्री तथा पोशाक वितरण, चौथो दिन प्यानल अन्तरक्रिया तथा समापन समारोह सहित सम्पूर्ण कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै धन्यवाद ज्ञापन गरे।
सो समारोहमा पोखरा उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स पोखराका व्यवसायिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू, छिमेकी शाखाका अध्यक्ष तथा कार्यसमिति सदस्यहरू, पोखरा जेसीजका पूर्व अध्यक्षहरू, जेसीज सदस्यहरू, स्थानीय संघ-संस्थाका पदाधिकारीहरू तथा पत्रकारहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन पोखरा जेसीज वर्ष २०२५ का महासचिव रबिन पौडेलले गरेका थिए।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर