पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा– ९ को सहकार्यमा आयोजित वेव डिजाइन एवं डेभलपमेन्ट तालिम सम्पन्न भएको छ ।
मंगलबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।
उक्त अवसरमा वडाध्यक्ष बरालले तालिममा सिकेका सिपलाई व्यवहार मै उतारेर स्वरोजगार बन्न आग्रह गरे । उनले भने, ‘अब तपाईंहरुले घरमै बसेर निकै मेहनत गर्नुस्, केही नबुझे प्रशिक्षक सँग समन्वय गर्नुस् ।’
वडा कार्यालयले स्वरोजगार बनाउने उद्देश्यले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेको उनले बताए ।
वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको भन्दै उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकास कर्ताको जग बन्नेछन् ।”
डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ ।
नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको र अब व्यवसायिकता तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा वेव डिजाइन तालिम जो कसैलाई आवश्यक पर्ने स्पष्ट पारे ।
प्रशिक्षार्थी दीपकराज घिमिरेले तालिम निकै प्रभावकारी भएको बताए । तालिमबाट धेरै ज्ञान हासिल भएकोले अब निखारता ल्याउनका लागि आफैले मेहनत गर्नुपर्ने उनले बताए ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा– ८ का वडा सदस्य गोविन्द बराल, वडा सचिव झंकनाथ पौडेल, पत्रकार हरि पन्त लगायतले बोलेका थिए ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हाल सम्मनीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु