रवि लामिछाने सहकारी ठग, रास्वपा ठगको संरक्षक: महेश बस्नेत

रवि लामिछाने सहकारी ठग, रास्वपा ठगको संरक्षक: महेश बस्नेत

Mahesh-Basnet

पोखरा । नेकपा एमालेका नेता महेश बस्नेतले रवि लामिछाने सहकारी ठग र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी ठगको संरक्षक रहेको आरोप लगाएका छन् ।

पोखरामा राष्ट्रिय युवा संघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका बस्नेतले सभापति रवि लामिछाने सहकारी ठग मात्र नभई पार्टी नै ठगको संरक्षक भएको आरोप लगाएका हुन् ।

‘रवि लामिछाने सहकारीको ठगमात्रै होइन की पार्टी नै ठगको संरक्षक हो,’ उनले भने । नेता बस्नेतले रास्वपामा अन्तर्राष्ट्रिय शक्तिको तागतमा हिड्ने पार्टी भएको समेत दाबी गरे ।

उनी भन्छन्, ‘मोहन थापा अमेरिकामा बसेर सबै सेटिङ गर्छन् भनेर मुकुल ढकाल भन्नुहुन्छ । अनि मोहन थापालाई गिरफ्तार गरेको छ । मोहन थापा जस्तो दुधले नुहाएको कोही छैन भन्नुहुन्छ । त्यही भएर ठगहरुलाई संरक्षण गर्न जन्मिएको अन्तर्राष्ट्रिय शक्तिको तागतमा हिड्ने पार्टी हो भनेर असंख्य हजार तर्क गर्न सकिन्छ ।’

एमालेले सम्बन्धित नेतालाई अनुसन्धानको दायरा र न्यायिक प्रक्रियामा लानु हुँदैन भएर कहिँ नबोलेको बस्नेतले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ