सुन्दरकुमार थकाली, मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीले बिहिबार देखि मोवाईल एप्स सेवा संञ्चालन गरेको छ ।
स्थानीय जनतालाई छिटो छरितो र भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यसहित एप्स सेवा सुरु भएको प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए ।
स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गनर््का साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने उद्देश्यले एप्स प्रविधि भित्र्याएको रेग्मीले जनाए ।उनका अनुसार ५ वटै वडाका जनताले गाउँपालिका सम्म धाउनु पर्ने समस्याको अन्त्य गर्दे मोवाईल एप्सले पूरा गर्ने रेग्मीले जनाए ।

गाउँपालिका कार्यालय भवनमा नेपाल टेलिकमको फाईबर नेट जडान गर्दे ।
एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी,योजना तथा कार्यक्रम थाहा पाउँने,सूचना ,समाचार,आपत्कालिन नम्बर,जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण,वडाहरुको प्रोफाईल,महत्वपूर्ण स्थानको परिचय ,गुनासो तथा समस्या दर्ता गर्न सकिने उनले बताए ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत सूर्य तिमिल्सिनाका अनुसार सूचना प्रविधि बिभागको प्राविधिक सहयोगमा मोवाईल एप्स सुरु गरिएको बताए ।उनले गाउँपालिकाद्धारा सुरु गरिएको एप्सको प्रयोगबाट जनतालाई सुशासन ,सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने जनाए ।
करिव ८ महिना अघि देखि सूचना प्रविधि अधिकृत नियूक्ति भएपछि उक्त गाउँपालिकामा वेभसाईट संञ्चालन,सामूहिक एस.एम.एस.,कम्पूटर संम्वन्धि प्रविधिक समस्याको निराकरण,फाईबर ईन्टरनेट जडान लगायत अन्य सूचना प्रविधिका पूर्वाधार बिकास भएको छ ।
त्यस्तै,गाउँपालिकामा सूचना प्रविधिको बिकास भएसंगै स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुले यसको प्रयोगमा समेत दक्षता हासिल गरेको सूचना प्रविधि अधिकृत तिमिल्सिनाले बताए ।यसबाट जनताले छिटो छरितो रुपमा सेवा प्राप्त गरेको उनल जनाए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामूदायिक बिकास कार्यक्रम अन्तर्गत सूचना प्रविधि अधिकृत नियूक्त भएपछि मुलुकभरका स्थानीयतह प्रविधि मैत्री बन्दै गईरहेका छन् ।यसबाट जनप्रतिनिधि,कर्मचारीलाई कार्यसम्पादन गर्न सजिलो भएको छ भने, जनतालाई समयको बचत तथा सेवा प्राप्त गर्न समेत सहज भएको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला