धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड

धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड

5095798f-e4b7-496b-8c94-0a7723701ec9

धादिङ । नेपाली क्यालिस्थेनिक्स एथ्लेट सुनिल खड्काले गिनिज वल्र्ड रेकर्ड तोड्दै ऐतिहासिक सफलता हासिल गरेका छन्।

धादिङको गल्छीका २५ वर्षीय सुनिलले एक मिनेटमा ३२ क्ल्याप पुलअप (ताली बजाउँदै पुल अप गर्ने) गरेर १० वर्ष पुरानो विश्व कीर्तिमान तोडेका हुन् ।

यसअघि सन् २०१५ डिसेम्बर १९ मा अमेरिकाका ब्लेक अगस्टिनले ३० क्ल्याप पुलअप गर्दै रेकर्ड बनाएका थिए। सुनिलले उक्त कीर्तिमान तोडेका हुन् ।

धादिङको गल्छीका २५ वर्षीय सुनिलले गत २१ जुनमा ललितपुरस्थित बज्र ननिता फिटनेसमा आधिकारिक रूपमा दिएको प्रयासमा कायम गरेका हुन्। सुनिलको रेकर्डबारे गिनिज बुक अफ वल्र्ड रेकड्र्सले आफ्नो आधिकारिक वेबसाइटमा पनि राखेको छ ।

उक्त कार्यक्रममा प्रमुख निर्णायकका रूपमा सुकदेव कार्की रहेका थिए, जो नेपाल युथ फिटनेस एण्ड क्यालिस्थेनिक्सका संस्थापक हुन् भने अन्तर्राष्ट्रिय स्तरका सर्टिफाइड स्ट्रेन्थ एन्ड कन्डिसनिङ स्पेशलिस्ट हुन् ।

सुनिल पाँच वर्षको निरन्तर अभ्यासपछि विश्व रेकर्ड कायम गर्न सफल भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ