पोखरा कलेज अफ म्यानेजमेन्टमा पीसीएम फेष्ट २०२५ अन्तर्गत आइडिया पिच प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा सम्पन्न प्रतियोगितामा छ वटा समूहले आफ्नो व्यावसायिक योजना प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्ने जर्सी हब समूहलाई नगद दश हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी, दोस्रो स्थान प्राप्त गरेको ब्याग हेभेन समूहले छ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगीहरूको योजनाको मूल्यांकन व्यवसाय प्रवद्र्धन केन्द्र, पोखरा महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारी, नेपाली युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष प्रकाशदेव पालिखे तथा मिड टाउन ग्यालेरियाका निर्देशक निकेश द्वालले गरेका थिए ।
स्वागत मन्तव्य राख्दै कलेजको वार्षिक कार्यक्रम अनुसार नै यो प्रतियोगिता हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रम संयोजक हरि अधिकारीले जानकारी दिए ।
यस्तै, समापन मन्तव्य व्यक्त गर्दै प्रतियोगिताले उद्यमशीलता विषय अध्ययन गरिसकेका विद्यार्थीहरू माझ उद्यमी सोच निर्माण गर्न सघाएको कार्यक्रम संयोजक सरोज कुँवरले बताए ।
कार्यक्रममा फ्याकल्टी निकेश कर्माचार्यले मूल्यांकनका आधारहरू प्रस्तुत गरेका थिए भने फ्याकल्टी दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा कलेज अफ म्यानेजमेन्टले विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन अध्ययन स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बीएस्सीआईटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो