पोखरा । सगरमाथा लुम्बिनि इन्स्योरेन्स (सलिको) ले आफ्नो २९औ बार्षिकोत्सब बृद्धबृद्धा तथा अशक्तलाई भोजन गराएर मनाएको छ ।
बार्षिकोत्सबको अबसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि कास्की स्थित छोरेपाटन र हेम्जामा अवस्थित मानब सेवामा आश्रममा आश्रय लिएका बृद्धवृद्धा तथा अशक्त ब्यक्तिहरु लाई भोजन गराएको पोखरा न्युरोडका शाखा प्रमुख राजेश बाबु खत्रीले जानकारी दिए ।
सगारमाथा लुम्बिनि इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, स्थानिय स्तरमा सरसफाई सहित विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सलिकोले जनाएको छ ।
कार्यक्रमका प्रमख अतिथि समेत रहनुभएका खत्रीले सामाजिक क्षेत्रमा गरिने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए । खत्रीले संस्थाको वार्षिकोत्सवलाई केवल उत्सबको रुपमा होइन, सामाजिक योगदानको अवसरको रुपमा मनन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आश्रम संचालक तथा कर्मचारीहरुले सालिको इन्स्योरेन्स प्रति हार्दिक आभार ब्यक्त गर्दै, यस्ता सहयोहरुले बृद्धवृद्धाहरुमा आत्मवल, आत्मसम्मान र सकारात्मक भावना पैदा गर्ने विश्वास ब्यक्त गर्दै, आउँदा दिनहरुमा पनि सहयोगी हातहरु बढान आग्रह गरेका थिए ।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर विगत तीन वर्ष देखि सलिको इन्स्योरेन्स कम्पनीको नाममा एकिकृत कारोबार गर्दै आएको छ ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो