पोखरा । सगरमाथा लुम्बिनि इन्स्योरेन्स (सलिको) ले आफ्नो २९औ बार्षिकोत्सब बृद्धबृद्धा तथा अशक्तलाई भोजन गराएर मनाएको छ ।
बार्षिकोत्सबको अबसरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि कास्की स्थित छोरेपाटन र हेम्जामा अवस्थित मानब सेवामा आश्रममा आश्रय लिएका बृद्धवृद्धा तथा अशक्त ब्यक्तिहरु लाई भोजन गराएको पोखरा न्युरोडका शाखा प्रमुख राजेश बाबु खत्रीले जानकारी दिए ।
सगारमाथा लुम्बिनि इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान, स्थानिय स्तरमा सरसफाई सहित विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सलिकोले जनाएको छ ।
कार्यक्रमका प्रमख अतिथि समेत रहनुभएका खत्रीले सामाजिक क्षेत्रमा गरिने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै भविष्यमा पनि यस्ता कार्यलाई निरन्तरता दिइने बताए । खत्रीले संस्थाको वार्षिकोत्सवलाई केवल उत्सबको रुपमा होइन, सामाजिक योगदानको अवसरको रुपमा मनन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा आश्रम संचालक तथा कर्मचारीहरुले सालिको इन्स्योरेन्स प्रति हार्दिक आभार ब्यक्त गर्दै, यस्ता सहयोहरुले बृद्धवृद्धाहरुमा आत्मवल, आत्मसम्मान र सकारात्मक भावना पैदा गर्ने विश्वास ब्यक्त गर्दै, आउँदा दिनहरुमा पनि सहयोगी हातहरु बढान आग्रह गरेका थिए ।
सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएर विगत तीन वर्ष देखि सलिको इन्स्योरेन्स कम्पनीको नाममा एकिकृत कारोबार गर्दै आएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ