इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरामा नयाँ नियुक्त प्राध्यापकहरूको स्वागत तथा एसोसिएट प्रोफेसर डा. कृष्णराज अधिकारीको बिदाइ कार्यक्रम एक भव्य र भावनात्मक वातावरणमा सम्पन्न भएको छ ।
प्रगतिशील प्राध्यापक संगठन, पश्चिमाञ्चल क्याम्पसको आयोजनामा डिप गार्डेनमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख इन्जिनियर निर्मल बराल प्रमुख अतिथि रहेका थिए । आफ्नो सम्बोधनमा उनले डा. अधिकारीले बिताएको २८ वर्षे शैक्षिक यात्रालाई प्रेरणादायी भन्दै, क्याम्पसको शैक्षिक, अनुसन्धानात्मक र संस्थागत सुदृढीकरणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरे ।
कार्यक्रममा प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष संजय बस्नेतले डा. अधिकारीलाई क्याम्पसका मार्गदर्शक, अभिभावक र प्रेरणाका स्रोतका रूपमा स्मरण गरे । उनले अधिकारीबाट धेरै प्राध्यापकहरूले अनुकरणीय प्रेरणा लिएको उल्लेख गर्दै भावी जीवन यात्राका लागि शुभकामना व्यक्त गरे ।
त्यस अवसरमा हालै नियुक्त प्राध्यापकहरूको सम्मानपूर्वक स्वागत गर्दै, उनीहरूको भूमिकालाई प्रभावकारी बनाउन वरिष्ठ प्राध्यापक तथा क्याम्पस नेतृत्वद्वारा आवश्यक सहकार्य र सहयोगको प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रमको सञ्चालन श्री सम्राट पौडेलले आत्मीयता र मर्यादासाथ गरेका थिए । समारोहमा विभागीय प्रमुख, प्राध्यापकवृन्द तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
यस कार्यक्रमले अनुभवी शिक्षकमाथि श्रद्धा प्रकट गर्दै, नयाँ अनुहारहरूलाई स्वागत गर्ने क्याम्पसको स्वस्थ शैक्षिक संस्कृतिलाई थप समृद्ध बनाएको अनुभूति सबैमा गराएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो