माओत्सेले आमाको ८४ औं जन्मदिन वृद्धाश्रममा मनाए

जन्मदिन

माओत्सेले आमाको ८४ औं जन्मदिन वृद्धाश्रममा मनाए

Maotse GRG

पोखरा । नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।

पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर गुरुङ परिवारले त्यहाँ आश्रित ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग गरी आमा धनमाया गुरुङको जन्मदिन मनाएका हुन् ।

उक्त अवसरमा आमा धनमायाकै हातबाट नगद २५ हजार आश्रम सञ्चालक समितिका अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।

आमा जस्तै ज्येष्ठ नागरिकका लागि सानो भएपनि सहयोग होस् भन्ने हेतुले वृद्धाश्रम सम्झिएको कलाकार माओत्सेले बताए । उक्त अवसरमा माओत्से पत्नी प्रतिक्षा गुरुङ पनि सहभागी थिइन् ।

सञ्चालक पराजुलीले कलाकार माओत्सेले आफ्नी आमाको जन्मदिनमा यहाँका बुवाआमा सम्झिएर आएकोमा आभार व्यक्त गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ