पोखरामा २ सय बस पर्याप्त तर चल्छन् ८ सय

पोखरा यातायातको साधारणसभाः

पोखरामा २ सय बस पर्याप्त तर चल्छन् ८ सय

pokhara busy road

पोखरा यातायात प्रालिको सातौं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदार पौडेलले पोखरा यातायातले दूरदराजमा सेवा दिइरहेको बताए ।

पोखरा १६ का वडाध्यक्षसमेत रहेका कम्पनीका सल्लाहकार अमृत शर्मा तिमिल्सिनाले पोखरामा २ सयदेखि साढे २ सय यात्रुवाहक बस पर्याप्त हुने भए पनि ८ सयभन्दा बढी बस सञ्चालित रहेको बताए । उनका अनुसार केही निकायको सहकार्यमा पोखराको यातायात व्यवस्थापन सुव्यवस्थित गर्ने तयारी भइरहेको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसीले यातायात क्षेत्रलाई सरकारले प्राथमिकतामा नपार्दा व्यवसायीहरु समस्या परेको गुनासो गरे । उनले यातायात व्यवसायीको पेशागत सुरक्षामा तत्काल ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सल्लाहकार वसन्त प्रधान र बमबहादुर गुरुङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्की संयोजक कृष्ण पौडेल, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन गण्डकी अध्यक्ष देवीराज थिङलगायतले व्यवसायीलाई यात्रुमैत्री सेवा प्रदान गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ