मन्त्री रानाको गाडीको ठक्करबाट घाइते बालिका डिस्चार्ज

दुर्घटना

मन्त्री रानाको गाडीको ठक्करबाट घाइते बालिका डिस्चार्ज

balika-mantri-

कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना सवार गाडीको ठक्करबाट घाइते भएकी ११ वर्षीया बालिका उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छिन्।

मन्त्री राना नेकपा (एमाले) को विधान महाधिवेशनमा सहभागी हुन काठमाडौं गएका बेला शनिबार बिहान ललितपुरको हरिसिद्धि घुम्तीमा यो घटना भएको थियो।

गाडीले ठक्कर दिएपछि नरोकी अगाडि बढेको भन्दै यो घटना विवादित बनेको थियो। बालिका घाइते भएको समाचार सार्वजनिक भएपछि एमालेले उनको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेको थियो।

साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाएको भन्दै स्थानीयवासीले मन्त्री रानाको आलोचना गर्दै सडक अवरुद्धसमेत गरेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ