पोखरा । नेपाली काँग्रेस कास्कीले पार्टीको विशेष महाधिवेशनको माग गरेको छ । नेपाली काँग्रेसको आइतबार बसेको बैठकले देशको पछिल्लो अवस्थाका वारेमा गम्भिर समिक्षा गर्दै विशेष महाधिवेशनको माग गरेको पार्टीका सहसचिव तथा प्रवक्ता नविन सिग्देलले जानकारी दिए ।
त्यसैगरी, बैठकले यथाशीघ्र क्रियाशिल सदस्यता नविकरण गरी यहि मंसीर भित्र नै विशेष महाधिवेशन गर्ने त्यसो नभएमा १४ औं महाधिवेशनका प्रतिनिधिहरुबाट नै विशेष महाधिवेशनको माग गर्ने निर्णण गरिएको प्रवक्ता सिग्देलले जानकारी दिए ।
बैठकले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणा माथिको आक्रमण तोडफोड र आगजानीको घटना प्रति घोर निन्दा तथा भत्सर्ना गरेको छ ।
नेपाली काँग्रेसक कास्कीका कार्यवहाक सभापति रामवावु भण्डारीको अध्यक्षतामा आइतबार वसेको बैठकले देशभर भएको सरकारी तथा व्यक्तिगत सम्पतीमाथिको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै त्यसको भत्सर्ना गरेको हो ।
त्यसैगरी, जिल्ला पार्टी कार्यालय, चिप्लेढु·ामा रहेको विपि कोइरालाको शालिक, हरिचोकमा रहेको शहिद हरिप्रसाद गुरुङको शालिकसँगै अन्य शहिदहरुको शालिक तोडफोड तथा आगजनिको निन्दा गरेको छ ।
बैठकले पार्टी कार्यलार्य पुननिर्माण तथा विपि कोइराला र शहिद हरिप्रसाद गुरुङको शालिक पुनस्थापना गर्नका लागि पार्टीका साथीहरुसँग सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ।
पार्टी कार्यालयको क्षती मूल्याड्ढन र पुननिर्माणको लागत पेश गर्ने जिम्मा जिल्ला कार्यसमिति सदस्य ई. सागर मोहन भट्टराईलाई जिम्मा दिइएको छ । साथै कास्की जिल्ला माताहातमा रहेका क्षेत्र, प्रदेश सभा, पालिका र सम्पूर्ण वडा कार्यसमितिको तत्काल बैठक वसी पार्टीका साथीहरुलाई क्रियाशिल बनाउन बैकठले आह्वान गरेको छ ।
बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्र, प्रदेश सभा र पालिकाका सभापतिहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’