गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा

गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा

benighat

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोलामा सुक्खा पहिरो खस्दा अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

राति १ बजे गएको पहिरो पन्छाएर दिउँसो ३ बजेदेखि राजमार्गमा दुईतर्फी नै यातायात खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

बिहान एक पटक पन्छाइएको भए पनि पछि ठूलो पहिरो झरेपछि बाटो फेरि अवरूद्ध बनेको थियो ।  मलेखु-मुग्लिन सडक खण्डको जवाङखोला भन्ने ठाउँमा सडक पूरै ढाकेर ठूलो पहिरो खसेको थियो ।

चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा पहिरो खस्दा शुक्रबार र शनिबार दुई दिन सवारी सञ्चालन पूर्णरुपमा रोकिएका थिए। त्यो पहिरो पन्छाएर सोमबार दिउँसोदेखि तुइन खोलामा दुईतर्फी नै सवारी सञ्चालन हुन थालेकामा फेरि रोकिएको छ ।

पटकपटक पहिरो खस्दा दसैँको बेला यात्रुले सास्ती पाएका छन्। यात्रामा जोखिम पनि बढेकाले सुरक्षित ढंगले यात्रा गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले जवाङखोलाको पहिरो पन्छाउन समय लाग्ने भन्दै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ