चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

चर्चा बटुल्दै ‘कलकत्ते काइयो’

सार्वजनिक भएको केही दिनमै लोकगीत ‘कलकत्ते काइयो’ ले उल्लेखनीय चर्चा बटुलेको छ । मोडल अनिल पौडेलले बजारमा ल्याएको यो गीतले अहिले टिकटक लगायतका सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ ।

लोकप्रिय गीत ‘माया आउने बस’ को सफलतापछि सोही टिमले तयार पारेको यो नयाँ सिर्जना दर्शक–श्रोतालाई पुनः लोभ्याइरहेको छ । सार्वजनिक भएको हप्ता दिनमै गीतले युट्युबमा दुई लाखभन्दा बढी भ्यूज पाइसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।

गीतमा नेत्र अर्यालको शब्द, दिप्लभ खातीको संगीत तथा देवी घर्ती र दिप्लभ खातीको आवाज सुन्न सकिन्छ । भिडियो पक्षमा विनोद भण्डारीको निर्देशन रहेको छ भने, गीतमा अनिल पौडेल र जुना विश्वकर्माको अभिनय प्रस्तुत गरिएको छ ।

मोडल पौडेल र गायक खाती दुवै जना बागलुङको निसीखोला गाउँका हुन् । अनिल पेशाले सिभिल इन्जिनियर पनि हुन् । उनले यसअघि पनि थुप्रै गीतमा अभिनय गरिसकेका छन् भने गायक खातीले पनि धेरै गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

यो गीत ‘अनिल पौडेल’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । टिमले ‘माया आउने बस’ मा पाएको दर्शकको माया र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै, ‘कलकत्ते काइयो’ मार्फत पुनः सोही प्रेमलाई निरन्तरता दिन सफल मोडल पौडेलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds