नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले हिमाली जिल्लामा हिमपातमा फसेका व्यक्तिको उद्धार गरेका छन्।
गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो वेश क्याम्पमा अलपत्र सात सय ५० जनालाई उद्धार गरी डिस्याङ गाउँपालिका–९ स्थित खाङसार ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
अन्य ५० जनालाई तिलिचो वेश क्याम्पमा सुरक्षितसाथ राखिएको छ। मनाङ घुम्न गएका पर्यटकलाई खाङसारमा बसोबासको समस्या भएपछि सुरक्षित साथ फर्कने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
यसैबीच, तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर वेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको छ।
सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकको उद्धारमा सहजता भएको जनाइएको छ।
लेक लागेर बेहोस भएका पर्यटकको उद्धार
मनाङको प्रसिद्ध तिलिचो ताल भ्रमण गरी फर्कने क्रममा लेक लागेर बेहोस भएका एक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ।
काठमाडौं महानगरपालिका–३१ निवासी ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी स्वास्थ्य चौकी पुर्याएको हो।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार, रसाइली तिलिचोबाट फर्कने क्रममा एक्कासि लेक लागेर बेहोस भएका थिए।
खबर पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङबाट खटिएको सुरक्षा फौजले उनलाई तत्काल उद्धार गरेको थियो।
प्रहरी टोलीले रसाइलीलाई स्ट्रेचरमा राखेर खाङसारबाट हुम्डेस्थित स्वास्थ्य चौकीसम्म पुर्याएको हो।
मनाङमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएपछि उच्च हिमाली क्षेत्रमा हुने यस्ता घटनाहरूमा खोज तथा उद्धार कार्यमा सहजता आएको डीएसपी थापाले बताए।
तालिमप्राप्त सुरक्षाकर्मीका कारण हिमपात र लेक लागेर जोखिममा परेका नागरिक तथा पर्यटकहरूको उद्धार प्रभावकारी बनेको उनको भनाइ छ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा